काठमाडौं, ११ चैत । मंगलबार अर्थात् आज साढे ४ बजे देखि साँझ ५ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।
कतारको राजा शेख तमिम बिन हमाद अल थानी आउने बेला आधा घण्टा विमानस्थल बन्द रहने ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका लागि विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।