काठमाडौं, १७ चैत । बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत गरिएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत गरिएको हो ।
जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगर र जनमत पार्टीकी सुशीला देवी विष्ट छन् ।
सो उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी विजयी भएका छन् । यस्तै कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने जमानत जोगाए । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।