काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेस संसदीय दलको आजका लागि तय भएको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो ।
पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक स्थगित गरेर एक दिन पर सारिएको कांग्रेसले जनाएको छ ।
संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ ।