काठमाडौं, २७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय सदस्यहरूको बैठकको निर्णय अनुसार यही वैशाख ३१ र जेठ १ मा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए ।
अशोक राईको नेतृत्वमा जसपा नेपाल फुटपश्चात पहिलोपटक केन्द्रीय समितिको बैठब आह्वान गरिएको हो ।