काठमाडौं, ७ जेठ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको बताए ।
पाण्डेले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए । यस्तै उनले प्रधानमन्त्रीले विश्वासको मत पाए पनि प्रतिपक्ष दलहरूको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए । शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने उनको भनाई थियो ।