काठमाडौं, १४ जेठ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नबनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बराललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरू उपस्थित थिए ।