काठमाडौं, ५ असार । चालू आर्थिक वर्षको फागुनसम्ममा नेपालमा सहकारी संस्थाको संख्या ३१ हजार ४ सय ५० रहेको छ । यस अवधिसम्म शेयर सदस्य संख्या ७३ लाख ८३ हजार ५ सय २८ पुगेको ९० छ । यस्तै शेयर पूँजी रू. ९४ अर्ब ७२ करोड पुगेको छ । यस अवधिसम्म सहकारी क्षेत्रमा रू. ४ खर्ब ७८ अर्ब ११ करोड बचत परिचालन भई रू. ४ खर्ब ५ अर्ब ३ करोड कर्जा प्रवाह भएको छ । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०८०–८१ ले यस्तो देखाएको हो ।
सहकारी क्षेत्रमा २०८० असारसम्म ९३ हजार ७७१ व्यक्ति प्रत्यक्ष रोजगारीमा संलग्न रहेकोमा २०८० फागुनसम्म यस्तो संख्या ९४ हजार २ पुगेको छ । सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्याङ्कको व्यवस्थापन गर्न ‘सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली’ विकास गरिएको छ । २०८० असारसम्म यस प्रणालीमा १५ हजार ८ सय १५ सहकारी संस्था आबद्ध भएकोमा २०८० फागुनसम्म यस्तो संख्या १९ हजार ९ सय ८० पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।