काठमाडौं, २१ भदौ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं स्थित जस्मिन फिटनेस क्लब एण्ड स्पामा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकहरूले उक्त क्लब तथा स्पामा २०% सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
हालै बैंकले ललितपुर स्थित मेडेक्स मल्टि स्पेसियालिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरसँग पनि बैंकका ग्राहकहरूलाई २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसरी नै बैंक र काठमाडौं स्थित प्रख्यात ट्रयान्क्युलिटि स्पा बिच देशभरका १७ वटै आउटलेटहरूका हरेक सेवा तथा सुविधाहरूमा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । साथै बैंकले टिस्टुङ रिसोर्टसँग पनि बैंकका ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायिसँगको निरन्तर सहकार्यमा ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंक संस्थागत सुशासन कायम राख्दै समाजप्रति उत्तरदायी रहँदै आएको छ । नवीनतम चिन्तनका साथ समाजको अभ्युदय तथा दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने बैंकको प्रतिबद्धता छ । साथै आगामी दिनमा पनि परिवर्तनको ज्योति बन्ने बैंकको अठोट छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम तथा जीवन रक्षार्थ चालेको कदम तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
यस विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।