काठमाडौं, २३ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत शनिबार बसेको ५४ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश तथा बोनस शेयर विद्युत् नियमन आयोग तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । यसका लागि कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बुधबार बिहान ११ बजे बोलाएको छ । सभा अर्पण ब्याङ्केट, थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा हुनेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा भाग लिन योग्य हुनेछन्।