काठमाडौं, २३ भदौ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते) एक सय अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
बैंकले आइतबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागिएको जनाएको छ । यसमा दिउँसो ३ बजे देखि अनलाईन बिडिङ्ग सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।
राष्ट्र बैंकले बजारमा भएको तरलता व्यवस्थापन गर्न समय समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ । बैंकले २१ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो ।
सावाँ र ब्याज भुक्तानी भने असोज १३ गते निर्धारण हुनेछ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ ।