काठमाडौं, २३ भदौ । यस साताको कारोबारको सुरुको दिन नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । आइतबार परिसूचक २५ दशमलव ४६ अङ्कले घटेर २ हजार ७०१ दशमलव ९० को विन्दुमा बन्द भएको छ ।
यस दिन २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३०० पटक खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।
आज ३२८ धितोपत्र कारोबारमा आए, जसमध्ये १५७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८५ धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आइतबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये उत्पादनमुलक, लघुवित्त र म्युचुअल फन्ड समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन विकास बेंकको २.०७, बैंकिङ समूहको १.५८, जीवन बीमाको १.४२, होटल एन्ड टुरिजमको १.४१, निर्जीवन बीमाको १.२८, फाइनान्स र व्यापार समूहको समान १.२४, हाइड्रोपावरको ०.६०, लगानी समूहको ०.५४ र अन्य समूहको उपसूचक १.३१ प्रतिशतले घटेको छ ।
त्यस्तै लघुवित्तको १.२१, उत्पादनमूलक समूहको ०.५० र म्युचुअल फन्डको ०.२२ प्रतिशतले बढेको छ ।
आज शेयर कारोबारमा तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा माहुली लघुवित्त वित्तीय संस्था, सृजनशील लघुवित्त वित्तीय संस्था र मोड सोलू हाइड्रोपावर रहेका छन् । यस दिन मनकामना इन्जिनियरिङ् हाइड्रोपावरको ९.९५, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको ७.३२ र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार थ्री स्टार हाइड्रोपावरको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी इक्वीटी फन्डको ८.०७, गुडवील फाइनान्सको ६.०७, डोलटी पावर कम्पनीको ४.५४, मातृभूमि लघुवित्त वित्तीय संस्थाको ४.४५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सिइडिबी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डिभलपमेन्ट कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर, गुडवील फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि छन् ।