काठमाडौं, २४ भदौ । नेपाली बजारमा पहेंलो धातु (सुन)को मूल्य बढेको छ । सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार भने तोलामा सुनको मूल्य १ हजार २०० रुपैयाँले घटेको थियो ।
महासंघका अनुसार तोलामा १०० रुपैयाँले बढेपछि सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला १ हजार ७५५ रुपैयाँ कायम भएको छ । आइतबार भने चाँदीको मूल्य तोलामा प्रतितोला १ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।