काठमाडौं, २४ भदौ । कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले भदौ २४ देखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा आवेदन दिनु पर्नेछ ।
सो शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । तोकिएको समय हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले बताएको छ ।