काठमाडौं, २४ भदौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेको छ । आज परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६ सय दशमलव ०३ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २५ अङ्कले घटेर २७०१ को विन्दुमा कायम भएको थियो ।
सोमबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६ पटक किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसको अघिल्लो दिन १० अर्ब १२ करोड २४ लाखभन्दा बढीको कारोबार भएको थियो ।
आज ३२७ धितोपत्र कारोबारमा आए, जसमध्ये २२२ धितोपत्रको मूल्य घटेको छ । २२ वटा धितोपत्रको मूल्य बढेको छ ।
यस दिन कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समुहको उपसूचक २.६७ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमाको २.४९, निर्जीवन बीमाको २.४५, हाइड्रोपावरको २.४४, लघुवित्तको २.३३, बैंकिङ समूहको २.२८, फाइनान्सको २.२७, विकास बैंकको १.८७, उत्पादनमुलक समूहको १.२५, म्युचुअल फन्डको ०.९४, व्यापारको ०.३५, लगानी समूहको ०.३४ र अन्य समूहको उपसूचक १.८३ प्रतिशतले घटेको छ ।
सोमबार सबैभन्दा धेरै ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य ८.९८ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल वेयरहाउसिङ कम्पनीको ७.५९, इमर्जिङ नेपाल लिमिटेडको ६.३८, सिइडिवी हाइड्रोपावरको ६.२१ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ५.८७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ७.७८ प्रतिशतले गिरावट आएको छ । त्यस्तै सृजनशील लघुवित्त वित्तीय संस्थाको ७.०२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६.९७, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८५ र युनिक नेपाल लघुवित्त वित्तीय संसथा लिमिटेडको ६.५० प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सिइडिवी हाइड्रोपावर, हिमालयन रि–इन्स्योरेन्स, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डिभलपमेन्ट कम्पनी र अपी पावर कम्पनी क्रमशः अगाडि छन् ।