काठमाडौं, ३० भदौ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९। ०८० र २०८०।०८१ को लागी चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको निर्णयअनुसार ११ प्रतिशत बोनस शेयर र त्यसपछि हुने चुक्ता पुँजीको आधारमा ५४.५ प्रतिशत (एक बराबर ०.५४५ अनुपातमा) हकप्रद शेयर दिने भएको छ ।
यसका लािग असोज ७ गते कम्पनीले बुक क्लोजको मिति तोकेको छ । असोज ६ गतेसम्म शेयर स्वामित्व हुनेले मात्रै कम्पनीले दिने बोनस शेयर प्राप्त गर्नेछन्।
कम्पनीले बोनस तथा हकप्रद लगायतका प्रस्तावहरु पारित गर्न आगामी असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट कालिमाटी, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।