काठमाडौं, ३० भदौ । यस साताको कासारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्कले घटेको छ । आज परिसूचक ५० दशमलव ७३ अङ्कले घटेर २६ सय ३७ दशमलव ७९ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ८ दशमलव १८ अङ्कले घटेर २ हजार ९ सय २३ को विन्दुमा कायम भएको थियो ।
आज बजार खुलेको आधा घण्टामै नेप्से परिसूचक २ हजार ७ सय ३४ अंकसम्म पुगेको थियो । दिउँसो २ ः ०५ बजेसम्ममा २६ सया ९५ विन्दुमा हरियो रहेको बजार २ः ०५ बजेपछि बिक्री चाप उच्च हुँदा गिरावटमा तीव्र देखियो । त्यसपछि ओर्लिएको बजार अन्तिम एक घण्टामा आएर २ हजार ६ सय ३७ अंकमा कायम भयो ।
आइतबार बजार घटेपनि कारोबार भने बढेको छ । यस दिन २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १ लाख १९ हजार ७३९ पटक खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएको थियो ।
आज ३२४ धितोपत्र कारोबारमा आए, जसमध्ये २१७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २५ धितोपत्रको मूल्य बढेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस दिन कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समूहको उपसूचक ३.६३ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको ३.५३,लगानी समूहको २.८०, जीवन बीमाको २.७४, विकास बैंकको २.५१, निर्जीवन बीमाको २.१६, लघुवित्तको १.८८, उत्पादनमुलकको १.७९, हाइड्रोपावरको १.४८, बैंकिङ समूहको ०.९३, म्युचुअल फन्डको ०.६१, व्यापार समूहको ०.९० र अन्य समूहको उपसूचक २.२३ प्रतिशतले घटेको छ ।
आइतबार तीन कम्पनीको शेयर मुल्यमा सकारात्म सर्किट लागेको छ । सर्किट लाग्नेमा रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रवा इनर्जी डिभलपमेन्ट रहेका छन् । त्यस्तै इस्र्टन हाइड्रोपावरको ९.९९, तेह्रथुम पावर कम्पनीको ८.८३, बलेफी हाइड्रोपावरको ७.६०, भिजन लुम्बिनी उर्जा कम्पनीको ६.६१ र ग्रिन भेन्चर लिमिटेडको ६.३६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज थ्री स्टार हाइड्रोपारको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै ग्रिन लाइफ हाइड्रोपारको ९.४०, सिइडिबी हाइड्रोपावरको ९.१५, इमर्जिन नेपाल लिमिटेडको ७.१२ र नेपाल वयरहाउसिङ कम्पनीको ७.०७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा सिइडिबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हिमालयन रि–इन्स्योरेन्स, अपी पावर र सिंगटी हाइड्रोपावर क्रमशः अगाडि छन् ।