काठमाडौं, २ असोज । यस महिनाको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन (बुधबार) नेप्से परिसूचक ४ अङ्कले घटेर २ हजार ५७६ दशमलव ७६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ५७ अङ्कले घटेर २५ सय ८० को विन्दुमा कायम भएको थियो ।
आज नेप्सेको गिरावटसँगै कारोबार समेत खुम्चिएको छ । यस दिन १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ८० हजार ७७८ कारोबार ५ अर्ब ६६ कोड ९१ लाखमै खुम्चिएको छ । अघिल्लो दिन ७ अर्ब ६६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको थियो ।
आज ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये १६३ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७४ धितोपत्रको मूल्य घटेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।
बुधबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये बैंकिङ समूह र निर्जीन बीमा समूहको उपसूचक बाहेक सबै समूहको उपसूच घटेको छ ।
आज बैंकिङ समूहको शून्य दशमलव ७६ प्रतिशत निर्जीन बीमा समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ ।
त्यस्तै, यस दिन फाइनान्सको २.६८, लघुवित्तको १.०७, म्युचुअल फन्डको ०.८३, उत्पादनमुलक समूहको ०.८२, व्यापार समूहको ०.५७, लगानी समूहको ०.४५, जीवन बीमाको ०.३१, हाइड्रोपावरको ०.१७, विकास बैंकको र होटल एन्ड टुरिजमको समान ०.१२ र अन्य समूहको उपसूचक ०.६३ प्रतिशतले घटेको छ ।
आइतबार कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ । त्यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ८.०२, रवा इनर्जी डिभलपमेन्टको ७.३२, भुगोल इनर्जी डिभलपमेन्ट कम्पनीको ७.०७, सुपर माई हाइड्रोपावरको ६.०२, रिभर फल्स पावरको ५.०६ र लिबर्टी इनर्जी कम्पनीको ४.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ७.६७, गुडवील फाइनान्सको ६.७७, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६.३६, समृद्धि फाइनान्स कम्पनीको ५.९७ र समाज लघुवित्त वित्तीय संस्थाको ५.८६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सिइडिबी हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड, एनएलजी इन्स्युरेन्स कम्पनी, साहस उर्जा र गुडवील फाइनान्स क्रमशः अगाडि छन् ।