काठमाडौं, यस साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ ।
सोमबार नेप्से परिसूचक ४४ दशमलव ४५ अङ्कले बढेर २ हजार ८ सय ८ दशमलव ८६ को बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से २२ दशमलव ३६ अंकले घटेर २ हजार ४६४ दशमलव ४० बिन्दुमा रोकिएको थियो ।
सोमबार परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आज ९७ लाख १७ हजार ९५७ कित्ता शेयर ५० हजार ६८० पटक किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ३१९ धितोपत्र कारोबारमा आए, जसमध्ये २१० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३३ धितोपत्रको मूल्य घटेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फन्ड समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । आज फाइनान्स समूहको सर्वाधिक ४ दशमलव १९ प्रतिशतले बढेको छ ।
सोमबार सिइडिबी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजनाकाृे ९.९८, युनाइटेड मोदी हाइड्रोपावरको ९.५८, सर्वाेत्तम सिमेन्ट्सको ९.४७, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ९.११, शिवम सिमेन्ट्सको ७.९१, माहुली लघुवित्त वित्तीय संस्थाको ७.३८, हाथवे इन्भेष्टमेन्ट डिभलपमेन्टको ७.१० र घोराही सिमेन्ट्स उद्योगको ६.८२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज प्रभु सेलेक्ट फन्डको ९.३६, नबिल ब्यालेन्स फन्ड–२ को ७.२९, प्रभु स्मार्ट फन्डको ७, ग्लोबल आइएमई ब्यालेन्स फन्ड–१ को ४.८६ र एनएलजी इन्स्योरेन्सको ४.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सिइडिबी हाइड्रोपावर, र्वाेत्तम सिमेन्ट्स, शिवम सिमेन्ट्स, नेपाल फाइनान्स लिमिटेड र हिमालयन–री इन्स्योरेन्स क्रमशः अगाडि छन् ।