काठमाडौं, १८ असोज । नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।
बिहीबार १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत शुक्रबार सुनको मूल्यले प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो ।
चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९५० मा कारोबार भएको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।