काठमाडौं, २१ असोज । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७ दशमलव १३ अङ्कले बढेको छ । आज परिसूचक ३७ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय ९० दशमलव ७२ को विन्दुमा बन्द भएको छ ।
यसदिन शेयर बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर ७३ हजार ११९ पटक खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ३०५ धितोपत्र कारोबारमा आए, जसमध्ये १७७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६६ धितोपत्रको मूल्य घटेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
सोमबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स र उत्पादनमुलक समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समूहको उपसूचक ३ दशमलव ५० प्रतिशत सर्वाधिक बढेको छ । त्यस्तै बैंकिङ समूहको १.९०, लघुवित्तको १.५१, लगानी र व्यापार समूहको समान १.४६, विकास बैंकको १.१९, जीवन बीमाको १.११, हाइड्रोपावरको १.०५, म्युचुअल फन्डको ०.३४, निर्जीवन बीमा ०.८८ र अन्य समूहको उपसूचक २.६१ प्रतिशतले घटेको छ ।
यस दिन उत्पादनमुलक समूहको १.२९ र फाइनान्स समूहको ०.७१ प्रतिशतले घटेको छ ।
सोमबार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै डोल्टी पावर कम्पनीको ९.६८, एनआइसी एसिया फ्लेक्स क्याप फन्डको ८.८०, जोशी हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको ८.४२, पिपुल्स हाइड्रोपावरको ७.५९, पाँचथर पावर कम्पनीको ७.५८, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६.१० र एनआइसी एसिया सेलेक्ट फन्ड–३० को ६ दशमलव ०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज इस्ट्रन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजनाको ७.४०, वीन नेपाल लघुवित्त वित्तीय संस्थाको ६.१४, जनउत्थान सामुदायिक लघुवित्तको ४.०७ र पोखरा फाइनान्स लिमिटेडको ३.७६ प्रतिशतले शेयर मुल्य घटेको छ ।