काठमाडौं, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।
प्रतिवेदनमा मतदाता अध्यावधिकको विषय, इभोटिङको विषय, निर्वाचनमा महिला सहभागिता र लैंगिक तथा समावेशीताको विषय समेटिएका छन् ।