काठमाडौं, १ कार्तिक । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि बुधबार प्रतितोला छापावाल सुन १ लाख ६१ हजार ८ सय रुयैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।