काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै पछिल्लो एकसातामा कोषमा जम्मा भएको रकमबारे जानकारी दिएको हो ।
पछिल्लो सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।
यस्तै स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख, (एसआइएमओएन) ले एक लाख ९३ हजार १०१, विद्युत उत्पादन कम्पनीले पाँच लाख ९६ हजार ७४५, नेशनल इन्सुरेन्स कम्पनीले दश लाख, राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८, सोनापुर टोल विकास संस्थाले १३ हजार ३१५, झरबारी टोल विकास समितिले तीन हजार, नेपाल प्रहरी श्रीमती सङ्घले पाँच लाख ५५ हजार ५५५, विधाधर मल्लिकले सात हजार ६७१ रुपियाँ सहयोग गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।