काठमाडौं, ४ कार्तिक । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । सुनको मुल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस अघि शुक्रबार एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, जुन आइतबार नै तोडिएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्य बढेको सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ ।