काठमाडौं, ७ कार्तिक । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड रुपैयाँ छ ।
बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी गत आवको असोजसम्ममा १ अर्ब ९९ करोड रहेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ३३ करोड छ ।
यस्तै नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ५३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ छ ।
बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । गत वर्षको असोज मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.६७ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.८६ प्रतिशत छ । सीडी रेसियो ८५ प्रतिशत छ भने बैंकको आधार दर एक वर्षमा १०.६४ बाट घटेर ७.९२ प्रतिशतमा झरेको छ । मंगलबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २९४ रुपैयाँ रहेको