काठमाडौं, २५ कार्तिक । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ ।
ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।
नगरप्रमुख हाछेथुले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी भत्काइएको जानकारी दिए । उनका अनुसार मापदण्ड विपरीतको सो संरचना हटाउन यसअघि अदालतले आदेश दिएको थियो ।