काठमाडौं, ५ मंसिर । नेपाली बजारमा सुनको मूल्य फेरी निरन्तर बढ्न थालेको छ । गत हप्ता लगातार घटेको सुनको मूल्य यस हप्ताको कारोबारको सुरुवातको दिनयता लगातार बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार पुगेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार र सोमबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार ९५५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९५० रुपैयाँमा झरेको छ ।