Author: Bizness Khabar

काठमाडौं, २७ असोज । सोमबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६ बिन्दुमा कायम भएको हो । आज ९९ लाख ४ हजार ८७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २०० धितोपत्रको शेयर मूल्य बढ्दा ४४ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३० धितोपत्र कारोबारमा आएका छन् । सोमबार सबै समूहको उपसूचक बढेको छ ।…

Read More

काठमाडौं, २७ असोज । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास एवम् प्रवद्र्धन तथा बीमा क्षेत्रलाई दिर्घकालिन रूपमा स्थापित गर्नका लागि बीमाङ्कीय ज्ञान तथा बीमाङ्कीय जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले बीमाङ्की विश्लेषक तथा सुपरीवेक्षकहरूसँग गरिएको सर्भेक्षणको नतिजा प्र्रस्तुत गर्दै समग्र बीमा क्षेत्रमा बीमाङ्की विश्लेषकहरूको सहभागिता बढ्दै गएको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजीको कार्यान्वयन,…

Read More

काठमाडौं, २६ असोज । यस साताको कारोबारको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७८ दशमलव ८३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५०३ दशमलव ३५ को बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ५९ अङ्कले बढेको परिसूचक २,५८२ को बिन्दुमा कायम थियो । आज परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । बिहीबार ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा आज ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक किनबेच भएको छ । आइतबार ३२४…

Read More

काठमाडौं, २६ असोज । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँको को ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर दिएपछि कायम हुने चुक्ता पूँजी ७५ करोडको ६० प्रतिशत हकप्रसद शेयर निष्कासन गर्ने भएको छ । सो प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे सातौँ वार्षिक साधारणसभा बोलाउने…

Read More

काठमाडौं, २६ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।

Read More

काठमाडौं, २६ असोज । आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दनि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी भने हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आजचाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ…

Read More

काठमाडौं, २६ असोज । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । यसका लागि आइतबार मध्यान्ह ३ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रू. १० करोड रुपैयाँ र बढीमा रू. ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी कात्तिक २ गते हुने राष्ट्र बैंकले जनाएको…

Read More

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट रकम झिक्न पाउने रकमको सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै डेबिट कार्डबाट झिक्न पाउने सीमा घटाएको हो । अब डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुको डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार रुपैयाँ गर्न पाइन्थ्यो । त्यस्तै, प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँ मात्रै झिक्न सकिन्छ । यसघि डेबिट कार्डमार्फत प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो । प्रिपेड कार्ड र क्रेडिट कार्डको कारोबार रकम सीमा…

Read More

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले सुन आयात तथा विप्रेषण रकमको सीमा बढाएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ संशोधन गर्दै अब दैनिक २५ किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था गरेको हो । यसअघि दैनिक २० किलोसम्म मात्र सुन आयात गर्न पाउने प्रावधान थियो । त्यस्तै संशोधन अनुसार अब नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत फिर्ता नहुने प्रयोजनका लागि विदेशबाट प्राप्त रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत लाभग्राहीको खातामा जम्मा गर्न सक्नेछन् । यसअन्तर्गत ल्याउन सकिने रकमको सीमा दैनिक २५ लाख रुपैयाँसम्म…

Read More

काठमाडौं, २४ असोज । केही दिनयता निरन्तर रेकर्ड ब्रेक गर्दै बढरिहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज तोलामा बाट ४ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ३९ हजार २ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More