Author: Bizness Khabar
काठमाडौं, २५ साउन । बंगलादेशको प्रमुख निर्वाचन आयुक्त (सीईसी) एएमएम. नासिर उद्दिनले देशमा सन् २०२६ को फेब्रुअरी पहिलो साता आमनिर्वाचन हुने घोषणा गरेका छन् । शनिबार रंगपुरस्थित प्रदेशीय आयुक्तको सम्मेलन कक्षमा प्रशासन र सुरक्षा निकायसँग कानून–व्यवस्था विषयक विचार–विनिमय कार्यक्रममा सीईसी उद्दिनले १३ औं राष्ट्रिय संसदको चुनाव २०२६ को फेब्रुअरी पहिलो साता हुने घोषणा गरेको बंगलादेशको सरकारी समाचार एजेन्सी (बीएसएस)ले जनाएको छ । कार्यक्रममा उद्दिनले पत्रकारसँग भनेका छन, “निर्वाचन तालिका सम्भवतः नोभेम्बर महिनाको सुरुवातमा अर्थात् मतदान मिति भन्दा करिब दुई महिना अघि सार्वजनिक हुनेछ ।” सीईसी नासिर उद्दिनले समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको दोहोर्याउँदै, त्यसका लागि आवश्यक तयारी…
काठमाडौं, २५ साउन । आज सुन उच्च मूल्यबाट घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय मा कारोबार हुँदै उच्च रेकर्ड बनाएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २५ साउन । आज आइतबार (साउन २५ गते) काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ । यस दिन नेप्से, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहेका छन् । नेप्सेको मुख्य कार्यालय उपत्यकामा रहेकाले शेयर कारोबार पनि स्थगित हुनेछ, जसको कारोबार अब सोमबारदेखि मात्र पुनः सुरु हुनेछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा उपत्यकामा विशेष रूपमा धूमधामका साथ मनाइन्छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा गाईको स्वरूपमा सिँगारेका मानिसलाई नगरपरिक्रमा गराउने, दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने परम्परा यसमा सामेल छ । धार्मिक विश्वासअनुसार यसरी नगरपरिक्रमा…
काठमाडौं, २३ साउन । शुक्रबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो । यसअघि गत मंगलबार (साउन २०) गते प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज तोडेको हो । यस्तै, आज चाँदीको…
काठमाडौं, २२ साउन । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९ईपान०, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम् चुनौतीहरू, ईपानले उठाएका विषय र त्यस सम्बन्धमा नेपाल बीमक संघ तथा पुनर्बीमकहरूको धारणा लगायतका विषयमा छलफल गरी समाधान पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जलविद्युत क्षेत्रको बीमामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै सेवालाई दिगो एवम् राम्रो बनाउने र लागत न्यून गर्ने सन्दर्भमा पहल शुरू गरिएको बताए…
काठमाडौं, २२ साउन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक १८ दशमलव ३० अङ्कले बढेको हो । यो वृद्धिसँगै परिसूचक २ हजार ८ सय ५० दशमलव ३७ को विन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १ दशमलव ९४ अङ्कले बढेर २८३२ को बिन्दुमा कायम थियो । आज परिसूचक बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । बुधबार ७ अर्ब ६३ करोड कारोबार भएकोमा आज ८ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर…
काठमाडौं, २२ साउन । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पूँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ५० करोड पुगेको छ । सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । यो कम्पनी पूर्व बैंकर तथा बीमा प्राधिकरणका पुर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित छ । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमा प्रमुख रमेशकुमार भट्टराईले…
काठमाडौं, २२ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २१ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव ०६ बिन्दुमा कायम भएको हो । आज २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ११२ धितोपत्रको शेयर मूल्य बढ्दा १३८ को घटेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् । बुधबार माइक्रोफाइनान्स १ दशमलव ३४, अन्य शून्य दशमलव ६३, लगानी शून्य…
काठमाडौं, २१ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886