Author: Bizness Khabar

काठमाडौं, ३१ भदौ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसाकुमारी दाहाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सभापति चयनका लागि सोमबार निर्वाचन भएको सङ्घीय संसद सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् । यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त…

Read More

काठमाडौं, ३१ भदौ । विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक असोज २ गतेलाई बोलाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । अब अर्को बैठक बुधबार बस्ने संसद् सचिवालयलले जनाएको छ । संसदीय सुनुवाइ समितिको बैठकसमिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार बैठक २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो । बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ । सरकारले भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ । इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका…

Read More

काठमाडौं, ३१ भदौ । अपि पावर कम्पनी लिमीटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव गरेको हो । कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरी कुल ९.४७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा आगामी कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बस्नेछ । सो सभा बिहान ११ बजे…

Read More

काठमाडौं, ३१ भदौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयर धनीको स्वामित्वमा रहेको १५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले सूचनामा भनेको छ । निर्धारित समयभित्र यर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

Read More

काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीका लागि लाभांशस्वरुप बोनस शेयर घोषणा गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ छ । प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

Read More

काठमाडौ, ३१ भदौ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएो थियो, जुन सोमबार नै तोडिएको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार…

Read More

काठमाडौं, ३१ भदौ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ । आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । गल्फ खेल्दै गरेका ट्रम्पभन्दा केही सय मिटर टाढा झाडीमा लुकेर बसेको अवस्थामा शंकास्पद व्यक्ति देखिएपछि सुरक्षाकर्मीले उनीमाथि गोली चलाएका थिए । ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार यसपटक फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेर्स्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय ¥यान…

Read More

काठमाडौं, ३० भदौ । यस साताको कासारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्कले घटेको छ । आज परिसूचक ५० दशमलव ७३ अङ्कले घटेर २६ सय ३७ दशमलव ७९ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ८ दशमलव १८ अङ्कले घटेर २ हजार ९ सय २३ को विन्दुमा कायम भएको थियो । आज बजार खुलेको आधा घण्टामै नेप्से परिसूचक २ हजार ७ सय ३४ अंकसम्म पुगेको थियो । दिउँसो २ ः ०५ बजेसम्ममा २६ सया ९५ विन्दुमा हरियो रहेको बजार २ः ०५ बजेपछि बिक्री चाप उच्च हुँदा गिरावटमा तीव्र देखियो । त्यसपछि ओर्लिएको…

Read More

काठमाडौं, ३० भदौ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । आइतबार सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतक र सचेतकसहितको छलफलपछि आन्तरिक छलफलमा जुटेका माओवादी सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध कायमै राख्ने निर्णय गरेका हुन् । माओवादी सचेतक रुपा सोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन् । उनले भनिन्, ‘हाम्रो प्रष्ट निर्णय छ– माओवादी हिंसा शब्द संसदीय रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न सक्दैन । सभामुखको निर्णय नसच्चिएसम्म प्रतिनिधि सभाको अवरोध कायमै रहन्छ ।’ यही भदौ…

Read More

काठमाडौं, ३० भदौ । आइतबार बस्ने तय भएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । गत साउन १४ गते सरकारले विभिन्न १७ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रस्तावित राजदूतको सुनुवाइ सकिएको छ । उनीहरूबारे निर्णय गर्नका लागि बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो । समिति सदस्यहरूको व्यस्तताका कारण देखाउँदै अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ । सरकारले भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ । इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका…

Read More