Author: Bizness Khabar

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक निष्कर्षविहीन बनेको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए । घिमिरेले बैठकमा सभामुख लगायत सत्तारूढ दललाई बैठक सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरेका थिए । बैठकमा सहभागी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल पश्चात् निर्णय दिने जानकारी दिएर बैठकबाट बाहिरिएका थिए । सोही कारण अहिले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल जारी छ । उनीहरू बिच आजको संसद् बैठक सञ्चालनमा अवरोध गर्ने नगर्ने भन्ने विषयमा छलफल बताइएको छ । यही भदौ १२ को प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी…

Read More

काठमाडौं, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०÷८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गरे । यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए ।

Read More

काठमाडौं, ३० भदौ । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न भएको निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २ हजार ७२ मतले पराजित गरेका हुन् । बरालले चार हजार आठ सय ४२ मत पाउँदा पाण्डेले दुई हजार आठ सय १० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Read More

काठमाडौं, ३० भदौ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९। ०८० र २०८०।०८१ को लागी चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको निर्णयअनुसार ११ प्रतिशत बोनस शेयर र त्यसपछि हुने चुक्ता पुँजीको आधारमा ५४.५ प्रतिशत (एक बराबर ०.५४५ अनुपातमा) हकप्रद शेयर दिने भएको छ । यसका लािग असोज ७ गते कम्पनीले बुक क्लोजको मिति तोकेको छ । असोज ६ गतेसम्म शेयर स्वामित्व हुनेले मात्रै कम्पनीले दिने बोनस शेयर प्राप्त गर्नेछन्। कम्पनीले बोनस तथा हकप्रद लगायतका प्रस्तावहरु पारित गर्न…

Read More

अस्मिता सापकोटा काठमाडौं, ३० भदौ । हामीमध्ये केहीलाई दैनिक १० देखि ५ को अफिस समय झन्झटिलो लागिरहेको होला । यति हुँदाहुँदै पनि अफिस गएर काम गर्नैपर्ने बाध्यता छ ? यसो हो भने तपाईंको लागि रिमोट जब राम्रो बिकल्प हुन सक्छ । विश्वव्यापीकरणका कारण पुरै विश्व एउटा गाउँ जस्तो भइसकेको छ । त्यसमाथि प्रविधिमा आएको विकासले विश्वको एक ठाउँको मानिस अर्को ठाउँको मानिससँग सम्पर्कमा आउन झनै सहज भएको छ । यसकैै कारण विश्वभरका मानिस आफ्नो घर वा पायक पर्ने ठाउँमै बसेर विश्व बजारमा आफ्नो ज्ञान, सीप तथा कलाकौशल बेच्न सक्षम भएका छन् । घर वा आफूलाई पायक पर्ने ठाउँमा…

Read More

काठमाडौं, ३० भदौ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले बढर प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ २८ गते (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । अघिल्लो…

Read More

अस्मिता सापकोटा काठमाडौं, ३० भदौ । नेपालका सहर, बजार क्षेत्रतिर फ्रिज तथा वाशिङ मेशिन जस्ता उपकरणको प्रयोग बढ्दो छ । तुलनात्मक रूपमा यस्ता सामग्री महँगो हुने भए तापनि दैनिक जीवनमा पार्ने सहजताको कारण यसको माग बढिरहेको छ । पैसा धेरै नै खर्च हुने भएकाले यस्ता सामान एक पटक किनेपछि पुनः किनिरहन पनि त्यति सम्भव हँुदैन । यसको विकल्पमा पुरानै उपकरणलाई मर्मत गर्न सकिन्छ । १. मर्मत कुनै पनि उपकरण बिग्रिएपछि त्यसको स्थानमा नयाँ किन्नुभन्दा पुरानैलाई मर्मत गर्नु बचतको हिसाबले राम्रो कुरा हो । नचाहिँदो पैसा खर्च गरेर नयाँ उपकरण किन्नुभन्दा पुरानै बनाउँदा पैसा जोगिनुका साथै वातावरणलाई पनि हानि पुग्दैन ।…

Read More

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु भएको छ । बसन्तपुरस्थित हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो । यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रलाई वर्षा र सहकालका देवताको रुपमा पूजा गरिन्छ । इन्द्र जात्रा काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायत जिल्लामा विशेष उल्लासका साथ मनाइन्छ । इन्द्रजात्राको मुख्य दिन असोज १ गते पर्दछ । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । लिंगो ठड्याउने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको…

Read More

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधान्मन्त्री ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन् । उनले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प्रतिस्पर्धामा सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन् । यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई…

Read More

काठमाडौं, २८ भदौ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरेको छ । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा २०७२ वैशाख २१ गतेको भूकम्पबाट ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी…

Read More