Author: Bizness Khabar
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् । चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् । उनले सम्बोधनमा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’ नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए । उनल नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड…
काठमाडौं, १८ मंसिर । यस साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेको छ । यो वृद्धिसँगै नेप्से २ हजार ७ सय ७५ दशमलव ८५ को विन्दुमा बन्द भएको छ । आज कारोबार रकम भने घटेको छ । एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर ८८ हजार ७७५ पटक किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार १० अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार ३०७ धितोपत्र कारोबारमा आए, जसमध्ये १४२ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९७ धितोपत्रको मूल्य घटेको…
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले आठ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार (हिजो) बेइजिङ पुगेको हो । ओली २० गते स्वदेश फर्किने छन् ।
काठमाडौं, १८ मंसिर । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले सोमबार सार्वजनिक गरेको उक्त सूचीमा नेपाली शिलशिला आचार्य परेकी छन् । पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको बीबीसीले जनाएको छ । उक्त सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन, वातावरणवादी अभियानकर्मी एडेनिके ओलाडोसु र लेखिका क्रिस्टिना रिभेरा गार्जा…
काठमाडौं, १८ मंसिर । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गर्नेछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार (हिजो)…
काठमाडौं, १८ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै १ लाख ४० हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको महाुंघले जनाएको छ । सोमबार चँदी २५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाएको हो । सुदूरपश्चिमका लागि दिपेन्द्रसिंह ऐरीले २४ बलको सामना गर्दै सर्वाधिक ५७ रनमा अविजित रहे । त्यस्तै ब्रान्डन माकमुलनले ३६ रन, विनोद भण्डारीले २३ र इसान पाण्डेले २१ रन, सैफ जैबले १४ रन, स्कट कग्लिनले १० रन जोडे । बलिङतर्फ विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिँदा क्रिस सोले, प्रतिश जिसी र बसिर अहमदले १÷१ विकेट लिए ।
काठमाडौं, १८ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन् । उनको यो भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बरसम्मको हुने छ । भारतबाट श्रीलङ्का हुँदै नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरुसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, साँस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उनको यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुकसँगको सम्बन्ध…
काठमाडौं, १७ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट समितिले सोमबार ६ जनाको नामसार्वजनिक गरेको हो । समितिले २१ कार्तिकमा सूचना जारी गरी उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो । उपकुलपतिका लागि प्रा.डा अर्जुन कुमार श्रेष्ठ, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा पुस्करबहादुर पाल, प्रा.डा वलराम कुमार भट्ट, प्रा.डा शारदा थपलिया र प्राडा होमबहादुर बस्नेतले आवेदन दिएका छन् । छनोट भएका उम्मेदवारको सोचपत्र तथा कार्य योजनाको प्रस्तुतीकरण र अन्तवार्ता आगामी २४ मंसिरमा हुनेछ । प्रा.डा. पुण्यप्रसाद रेग्मीको चारवर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि…
काठमाडौं, १७ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई फराकिलो मतान्तरले हराउँदै उनी विजयी भएकी हुन् । माओवादीकी बुढाले ३ हजार ६ सय २७ मत प्राप्त गरिन् । कांग्रेसको चुनाव चिह्नमा लडेकी एमालेकी तुलाचनले २ हजार १ सय २८ मत पाइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि उक्त गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् । भूपेन्द्राको गत २८ भदौमा सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886