Author: Bizness Khabar
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर २ हजार ७ स।य ५८ दशमलव ०४ को विन्दुमा बन्द भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर १ लाख ३ हजार ४८० पटक किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएको थियो । आज ३१४ धितोपत्र कारोबारमा आए, जसमध्ये १२६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ११२ धितोपत्रको मूल्य घटेको छ भने ६…
काठमाडौं, १७ मंसिर । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् । प्रधानमन्त्री ओली ४ दिने औपचारिक भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन उडेका हुन् । ओली २० मंसिरमा स्वदेश फर्किनेछन् ।
काठमाडौं, १७ मंसिर । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउन आग्रह गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरु मापदण्ड विपरीत प्रसारण लाइनमुनि वा मापदण्डले तोकेको भन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै ३५ दिनभित्र सो संरचना हटाउन आग्रह गरेको हो । विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लघन् भएको पाइएको महानगरले जनाएको छ । मापदण्डअनुसार २३० केभीदेखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १२५ मिटर र सोभन्दा माथिको क्षमताकोमा १।५ मिटर…
काठमाडौं, १७ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार त्रिवि मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो । काडमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे । बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला…
ठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन् ।
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपाचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल टोली सोमबार हिमालय एयरलाइन्सको चार्टर विमानबाट चीन प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ११ बजे प्रस्थान गरेका उनको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ । मंगलबार प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । बुधबार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र…
काठमाडौं, १७ मंसिर । सााना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांशमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
काठमाडौं, १६ मंसिर । यस वर्षको ११ महिनामा साढे १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२४ नोभेम्बरसम्ममा विभिन्न देशबाट १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा ४ दशमलव ०४ प्रतिशतले बढी हो । सन् २०२३ को ११ महिनामा १० लाख १४ हजार पर्यटक नेपाल आएका थिए । यस वर्ष १० लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताएका छन् । पर्यटन बोर्डका अनुसार २०२४ को नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएका छन्, जुन गतवर्षको…
काठमाडौं, १६ मंसिर । साढे चार महिनामा सरकारकोे पुँजीगत खर्च १० दशमलव ६९ प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मंसिर १५ गतेसम्ममा पुँजीगत खर्च ३७ अर्ब ६८ करोड रुपैयाँ भएको हो, जुन गत आवको तुलनामा ० दशमलव १६ प्रतिशतले बढी हो । गत आवको साढे चार महिनामा यस्तो खर्च वार्षिक बजेट विनियोजनको १० दशमलव ५३ प्रतिशत अर्थात् ३१ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट ३ खर्ब २ अर्ब…
काठमाडौं, १६ मंसिर । विभिन्न चार देशका नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ खुवाएका हुन् । सपथ लिनेमा अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव रहेका छन् । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886