Author: Bizness Khabar

काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा कुखुराको अन्डाको मूल्य घटेको छ । गत २० कात्तिकमा तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार आजदेखि लागु हुनेगरि मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ४० तोकिएको छ । गत २० कार्तिक २० मा संघले यस्तो अण्डाको मूल्य प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो । यस्तै, ठूलो अन्डाको मूल्य यसअघि ५ सय ५ रुपैयाँ रहेकोमा आजदेखि प्रतिक्रेट ४ सय ५५ रुपैयाँ लागु भएको छ । त्यस्तै, सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य यथावत नै रहेको संघले जनाएको छ । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय…

Read More

काठमाडौं, १६ मंसिर । लामो समयसम्म फैलिएको कोभिड–१९ ले अधिकांश देशको अर्थतन्त्रमा समस्या आयो । यसको असर नेपालमा पनि देखियो । निषेधाज्ञाले व्यापार, व्यवसाय, पर्यटनलगायत उत्पादनशील क्षेत्र ठप्प बन्यो । पछिल्लो समय आर्थिक गतिविधि चलायमान भए पनि अर्थतन्त्र सकारात्मक दिशातर्फ बढेको खासै पाइँदैन । साढे दुई वर्षसम्म कोभिड–१९ को कारण अर्थतन्त्र शिथिल बन्यो । त्यसपछि पनि विभिन्न कारण बढ्न सकेन । बेलाबेलामा हुने सरकार परिवर्तन पनि एउटा उदाहरण हो । देशमा लगानीमैत्री वातावरण नहुनु, युवा जनशक्ति बाहिरिनुले अर्थतन्त्रमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारेको छ । कोभिड–१९ पछि सरकारले केही वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न लगायो, जसकारण उद्योगी, व्यवसायी मारमा परे ।…

Read More

काठमाडौं, १६ मंसिर । गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । त्याहाँको सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् । यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी…

Read More

काठमाडौं, १६ मंसिर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “quot;Hummer Fitness & Gym&quot”मा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १०% सम्म छुट पाउनेछन् । आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितकोHummer Fitness and Gym ले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिदै सेवा प्रवाह गर्दै आएको छ । हालै बैंकले काठमाडौँस्थित “Jasmine Fitness Club & Spa” मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले चितवनस्थित “Surya Kiran Fiber Industries” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको…

Read More

काठमाडौं, १६ मंसिर । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा बोल्दै आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले डबल बी माइनस नतिजा पाएको र यो उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गौरवको विषय रहेको बताए । नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहेको भन्दै उनले यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक रहेको बताए…

Read More

काठमाडौं, १६ मंसिर । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । खाना पकाउने एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

Read More

काठमाडौं, १४ मंसिर । गृह मन्त्रालयले सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न सबैसँग अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका प्लेटफर्ममा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरू नदिन अनुरोध गरेको हो । ‘पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पु–याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,…

Read More

काठमाडौं, १४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार बिदाइ भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल र जापानबिच रहिआएको द्पिक्षीय सम्बन्ध, आवसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । साथै राष्ट्रपति पौडेलले राजदूत युताकालाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे । यस्तै, राष्ट्रपतिसँग नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शना के. पाथिरानाले पनि शिष्टाचार बिदाइ भेट गरेका छन् । भेटमा नेपाल र श्रीलङ्काका रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपतिले राजदूत पाथिरानालाई आफ्नो कार्यकाल…

Read More

काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले मुख्य प्रायोजकको रुपमा महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच कर्णाली र महिन्द्राबिच सम्झौता भएको हो । सम्झौतापत्रमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले हस्ताक्षर गरे । कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एन्ड डेभलपमेन्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का, योंगेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो । सम्झौतापछि बोल्दै महिन्द्रा अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा…

Read More

काठमाडौं, १४ मंसिर । यस साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८०० रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More