Author: Bizness Khabar

काठमाडौं, १४ मंसिर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “E-Revolving Indian Cuisine Restaurant” मा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण,काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । हालै बैंकले काठमाडौँस्थित “Achaar Ghar”, “Nepal House Restaurant & Bar” र “Mahotsav Restaurant & Bar” मा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै,…

Read More

काठमाडौं, १३ मंसिर । नेपाल सरकार र फिनल्याण्ड सरकारबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा उक्त सम्झौता भएको हो । फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका हुन् । यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य रहेको छ । अनुदान प्राप्त…

Read More

काठमाडौं, १३ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो दुई महिनामा वैदेशिक सहायता प्रतिबद्धता करिब साढे दुई गुणा बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको भदौसम्ममा वैदेशिक सहायता प्रतिबद्धता रू. ३७ अर्ब १८ करोड पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २४९ दशमलव ७६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा यस्तो प्रतिबद्धता रू. १० अर्ब ६३ करोड थियो । कुल सहायता प्रतिबद्धतामध्ये अनुदानतर्फ रू. २३ अर्ब ७५ करोड ८० लाख अर्थात् ६३ दशमलव ९ प्रतिशत रहेको छ । त्यस्तै ऋणतर्फ रू. १३ अर्ब ४२ करोड १९ लाख अर्थात् ३६ दशमलव १ प्रतिशत छ ।…

Read More

काठमाडौं, १३ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को भदौ मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ५५ प्रतिशतले बढेको छ । अर्थ मंन्त्रालयको तथ्यांकअनुसार चालू आवको भदौसम्ममा प्यान लिनेको संख्या १४ लाख ६ हजार ३५८ छ । गत आवको सोही अवधिमा १३ लाख ८ हजार ६५४ ले प्यान लिएका थिए । यद्यपि सुरुदेखि चालू आवको भदौसम्ममा ६३ लाख ७२ हजार ४९१ प्यान जारी भएको छ । सोही अवधिमा व्यक्तिगत प्यान लिनेको संख्या १२ लाख ३ हजार ८९८ पुगेको छ, जुन कुल प्यान लिने करदाताको ९.९० प्रतिशत हो । गत आवमा व्यक्तिगत…

Read More

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो । भ्रमणका क्रममा मन्त्री डा. राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने छिन् । सो भेटवार्ता चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुनेछ । छेन्दुमा चिनियाँ परराष्ट्र मन्त्री र राणाबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डामाथि छलफल हुने कार्यक्रम छ । प्रधानमन्त्री…

Read More

काठमडौं, १३ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ । साथै कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।…

Read More

काठमाडौं, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन् । कर्णालीले वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलातलाई अनुबन्ध गरेको छ । कर्णाली याक्स हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको छ । एनपीएल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

Read More

काठमाडौं, १३ मंसिर । नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला ९ सयले बढेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८३० रुपैयाँ रहेको चाँदी यस दिन १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् ।

Read More

काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतले सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ/महासंघले सुन वितरणमा गर्ने सिन्डिकेट हटाउन अन्तरिम आदेश दिएको छ । वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अब सुनचाँदी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरुलाई संघ/महासंघमा आबद्ध नभएपनि सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश दिएको हो । वाणिज्य बैंकमार्फत सुन आयात गरेर बिक्री गर्ने नाममा संबन्धित संघहरुले सिन्डिकेट गरेको भन्दै रिट दायर गरेका थिए ।

Read More