Author: Bizness Khabar
काठमडौं, २० कार्तिक । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन समेत आह्वान गरेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ ।
काठमाडौं, १९ कार्तिक । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जानकारी दिएको हो । अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।
काठमाडौं, १९ कार्तिक । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो स्थानमा रहेको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर दोस्रो नम्बरमा परेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले नोभेम्बर ४ देखि एक हप्ताका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । लाहोरको एक्युआई २२० रहेको छ । भारतको कलकत्ता तेस्रो, इजिप्टको कायरो चौथो,बंगलादेशको ढाका पाँचौँ र चीनको वुहान प्रदुषित सहरको छैटौँ स्थानमा रहेको छ । भियतनामको होनाइ सातौँ स्थानमा, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ र मंगोलियाको…
काठमाडौं, १९ कार्तिक । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको राससमा उल्लेख छ । दसैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र…
काठमाडौं, १९ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्ड सँग खेल्दैछ । श्रृंखलाको अन्तिम खेलमा नेपाले स्कटल्याण्ड सँग खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा अमेरिका सँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । आजको खेलमा पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । त्यस्तै तेश्रो खेलमा नेपाल अमेरिका सँग ३७ रनले पराजित भएको थियो । स्कटल्याण्डले…
काठमाडौं, १९ कार्तिक । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो । थाई एसियाको विमान आइतबार बिहान ६ः५५ बजे थाई चालक दलका सात सदस्यसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवाबाट उडान गर्नेछ । जहाजको अवतरण अनुमति समाप्त भएको थाई एयर एशियाको जहाज गत कात्तिक ११ गते नेपाली आकाशमा ‘होल्ड गरिएको थियो । व्यावसायिक उडानको अनुमति सकिएको अवस्थामा १ सय ७६ यात्रु जहाजमा राखेर उक्त एयरबस काठमाडौं आइपुगेको थियो । पछि मानवियताको आधारमा…
काठमाडौं, १४ कार्तिक । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।’
काठमाडौं, १४ कार्तिक । कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोईका) द्वारा परिचालीत कोरिया ओभरसिज भोलुन्टियर (केओभी) क्युंग ही लीले ललितपुर गोदावरीमा रहेको श्री विषंखु नारायण माध्यमिक विद्यालयमा बालबालिका शिक्षा सुधार सम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न गरेकी छिन् । ली सेप्टेम्बर २०२३ मा उक्त विद्यालयमा नियुक्त भएकि थिइन् । उनले लेट्स प्ले टुगेदर इन दि प्ले ग्राउन्ड भन्ने शीर्षकको परियोजना सञ्चालन गरेकी थिइन् । यस परियोजना बाल विकास शिक्षामा सुधार ल्याउन शिक्षण तथा खेल सामग्री संकलन, बाल कक्षा सुधार, शिक्षक सुविधा व्यवस्थापन, खेलमैदान निर्माण लगायतमा केन्द्रित थियो । परियोजनाको मुख्य उद्देश्य खेल मार्फत सिकाइलाई प्रेरित गर्नु हो । क्युंग ही लीले शारीरिक गतिविधि,…
काठमाडौं, १४ कार्तिक । रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा छन् । उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त छाला सहित पक्राउ गरेको हो । रेड पाण्डाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं, १४ कार्तिक । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ साढे ६ बजेबाट हुनेछ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जानेछन् । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन्…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886