Author: Bizness Khabar
काठमाडौं, ९ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतानुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट÷क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका साथै, बैंकका ग्राहकहरुले एक्सरे बाहेकका सम्पूर्ण…
काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालगायतलाई सो निर्देशन दिएका हुन् । निजी कलेजका आवासीय चिकित्सकलाई पनि आठौ तहको सरकारी सरह मासिक ४८ हजार रुपैयाँ सुविधा कायमका लागि सहजीकरण गरिदिन भनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको…
काठमाडौं, ९ मंसिर । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन…
काठमाडौं, ९ मंसिर । ९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए । २०७९ मा चितवन–२ बाट चुनाव लडेका श्रेष्ठ रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।
काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति सकिएको छ । आवेदन दिएकामध्ये बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको प्रस्तुतिकरण भएको हो । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित थिए । आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको यसअघि नै अन्तरवार्ता भइसकेको थियो । योसँगै अब अध्यक्ष सिफारिस समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नका लागि बाटो खुला भएको छ । अब सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नेछ । त्यसपछि…
काठमाडौं, ९ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । आइतबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । उक्त उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । साँवा तथा ब्याज भुक्तानी मिति यही मंसिर २३ गते तोकिएको छ । ब्याजदर बोलकबोलबाट नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन…
काठमाडौं, ९ मंसिर । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोब्स पत्रिकाका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयीसँगै मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएर उनको सम्पती बढेको हो । टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई साडे तिन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको फोर्ब्सले उल्लेख गरेको छ । मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत…
काठमडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३.३६ रुपैयाँको कुल १०.००८३ प्रतिशतले हुन आउने ११ करोड १२ लाख ३५ हजार १८५.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ९.५०७९ प्रतिशतले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४२६.६४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५००४ प्रतिशतले हुन आउने ५५ लाख ६१ हजार ७५९.३० रुपैयाँबराबरको नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात्…
काठमाडौं, ९ मंसिर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताएका छन् । राजधानी काठमाडौँस्थित दरबारमार्गमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै ओलीले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीनको औपचारीक भ्रमणमा जाँदैछन् । उनले भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पारे । ‘यत्तिकै चीन यसो घुमेर आउ भनेर जान लागेको होइन । यो भ्रमण उद्धाहरणीय हुने छ । यो कुरा म ढुक्कका साथ तपाईहरुलाई भन्न चाहान्छु’, उनले भने । उनले अहिले कतैबाट पनि सकेसम्म…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886