Author: Bizness Khabar
ठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन् ।
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपाचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल टोली सोमबार हिमालय एयरलाइन्सको चार्टर विमानबाट चीन प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ११ बजे प्रस्थान गरेका उनको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ । मंगलबार प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । बुधबार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र…
काठमाडौं, १७ मंसिर । सााना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांशमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
काठमाडौं, १६ मंसिर । यस वर्षको ११ महिनामा साढे १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२४ नोभेम्बरसम्ममा विभिन्न देशबाट १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा ४ दशमलव ०४ प्रतिशतले बढी हो । सन् २०२३ को ११ महिनामा १० लाख १४ हजार पर्यटक नेपाल आएका थिए । यस वर्ष १० लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताएका छन् । पर्यटन बोर्डका अनुसार २०२४ को नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएका छन्, जुन गतवर्षको…
काठमाडौं, १६ मंसिर । साढे चार महिनामा सरकारकोे पुँजीगत खर्च १० दशमलव ६९ प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मंसिर १५ गतेसम्ममा पुँजीगत खर्च ३७ अर्ब ६८ करोड रुपैयाँ भएको हो, जुन गत आवको तुलनामा ० दशमलव १६ प्रतिशतले बढी हो । गत आवको साढे चार महिनामा यस्तो खर्च वार्षिक बजेट विनियोजनको १० दशमलव ५३ प्रतिशत अर्थात् ३१ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट ३ खर्ब २ अर्ब…
काठमाडौं, १६ मंसिर । विभिन्न चार देशका नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ खुवाएका हुन् । सपथ लिनेमा अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव रहेका छन् । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा कुखुराको अन्डाको मूल्य घटेको छ । गत २० कात्तिकमा तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार आजदेखि लागु हुनेगरि मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ४० तोकिएको छ । गत २० कार्तिक २० मा संघले यस्तो अण्डाको मूल्य प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो । यस्तै, ठूलो अन्डाको मूल्य यसअघि ५ सय ५ रुपैयाँ रहेकोमा आजदेखि प्रतिक्रेट ४ सय ५५ रुपैयाँ लागु भएको छ । त्यस्तै, सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य यथावत नै रहेको संघले जनाएको छ । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय…
काठमाडौं, १६ मंसिर । लामो समयसम्म फैलिएको कोभिड–१९ ले अधिकांश देशको अर्थतन्त्रमा समस्या आयो । यसको असर नेपालमा पनि देखियो । निषेधाज्ञाले व्यापार, व्यवसाय, पर्यटनलगायत उत्पादनशील क्षेत्र ठप्प बन्यो । पछिल्लो समय आर्थिक गतिविधि चलायमान भए पनि अर्थतन्त्र सकारात्मक दिशातर्फ बढेको खासै पाइँदैन । साढे दुई वर्षसम्म कोभिड–१९ को कारण अर्थतन्त्र शिथिल बन्यो । त्यसपछि पनि विभिन्न कारण बढ्न सकेन । बेलाबेलामा हुने सरकार परिवर्तन पनि एउटा उदाहरण हो । देशमा लगानीमैत्री वातावरण नहुनु, युवा जनशक्ति बाहिरिनुले अर्थतन्त्रमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारेको छ । कोभिड–१९ पछि सरकारले केही वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न लगायो, जसकारण उद्योगी, व्यवसायी मारमा परे ।…
काठमाडौं, १६ मंसिर । गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । त्याहाँको सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् । यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी…
काठमाडौं, १६ मंसिर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “quot;Hummer Fitness & Gym"”मा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १०% सम्म छुट पाउनेछन् । आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितकोHummer Fitness and Gym ले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिदै सेवा प्रवाह गर्दै आएको छ । हालै बैंकले काठमाडौँस्थित “Jasmine Fitness Club & Spa” मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले चितवनस्थित “Surya Kiran Fiber Industries” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886