Author: Bizness Khabar

काठमाडौं, ६ मंसिर । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । बुधबार न्यूयोर्कमा दायर गरिएको अभियोगमा अदानीमाथि अमेरिकामा रहेको आफ्नो एक कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र सो कुरा लुकाएको आरोप लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सिक्योरिटी एण्ड एक्सचेञ्ज कमिसनले बुधबार गौतम अडानीका भतिजा सागर अडानी, अडानी ग्रीन इनर्जी लिमिटेडका अधिकारीहरु, एज्योर पावर ग्लोबल लिमिटेडका कार्यकारी सिरिल काबेनेससहित अन्य केही प्रतिवादीमाथि पनि आरोप लगाएको छ । संयुक्त राज्यका वकिलको कार्यालयका अनुसार अडानी र उनका भतिजा सागरसहित सात जना प्रतिवादीले आफ्नो रिन्युएबल इनर्जी कम्पनीलाई ठेक्का दिलाउन र भारतकै सबैभन्दा ठूलो सौर्य ऊर्जा…

Read More

काठमाडौं, ६ मंसिर । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Read More

काठमाडौं, ६ मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन लगायतका केही महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।

Read More

काठमडौं, ५ मंसिर । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने भृकुटीमण्डपमा गर्ने भनिएको सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा अब दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । सभा अघि र्‍याली हुने छ । भद्रकालीबाट सुरु हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । नेकपा (एमाले)द्वारा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला…

Read More

काठमाडौं, ५ मंसिर । पछिल्लो भदौ यता लगातार घटिरहेको घरजग्गा कारोबार कार्तिकमा पनि अपेक्षित सुधार देखिएन । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा ३३ हजार ५ सय १४ वटा घरजग्गा लिखत पारित भएको छ, जुन साउनको तुलनामा २३ दशमलव ०१ प्रतिशतले कम हो । साउनमा ४३ हजार ५३५ वटा घरजग्गाको कारोबार भएको थियो । विभागका अनुसार कार्तिकमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा सबैभन्दा बढी १२ सय ४६ वटा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै मालपोत कार्यालय मोरङमा ११ सय १२, भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा एक हजार २४, मालपोत कार्यालय सप्तरीमा एक हजार…

Read More

काठमाडौं, ५ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट २१ दिनका लागि उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन्…

Read More

काठमाडौं, ५ मंसिर । नेपाली बजारमा सुनको मूल्य फेरी निरन्तर बढ्न थालेको छ । गत हप्ता लगातार घटेको सुनको मूल्य यस हप्ताको कारोबारको सुरुवातको दिनयता लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार र सोमबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार ९५५ रुपैयाँ रहेको चाँदी यस…

Read More

काठमाडौं, ५ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ । चालू आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६४…

Read More

काठमाडौं, ५ मंसिर । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । नेपाली सेनाका अनुसार उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्नेछन् । भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति…

Read More

काठमडौं, ४ मंसिर । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालले आयोगको सोमबार बसेको बैठकले नौ वटा संस्थानलाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन् । आयोगले यसका लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो । उनका अनुसार नेपाल जन प्रशासन सङ्घ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार सङ्गठन, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासङ्घ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र अनौपचारिक क्षेत्र…

Read More