Author: Bizness Khabar
कामाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को असोजसम्मा विदेशी विनिमय सञ्चिति करिब साढे २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आवको तीन महिनामा विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ, जुन गत आवको असार मसान्तसन्त यता ९ दशमलव ४ प्रतिशतले वृद्धि भएको हो । गत आवको अन्तिममा यस्तो रकम २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये…
काठमाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ६८ प्रतिशत विन्दुले कम हो । गत आवको असोजमा यस्तो मुद्रास्फीति ७ दशमलव ५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो । चालू आवको असोजमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत…
काठमाडौं, ४ मंसिर । पछिल्लो एक वर्ष अवधिमा चालू खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार देखिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को असोजसममा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता चालू आवको असोजमा ८३ करोड ४० लाखले बचतमा रहेको छ । चालू आवको असोजमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने…
काठमाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको असोजसम्मको तुलनामा ११.५ प्रतिशतले बढी हो । यस्तो रेमिट्यान्स गत आवको सोही आवधिमा २५ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । चालू आवको तीन महिनामा वैदेशिक रोजगारीका लागि १ लाख १० हजार ६५४ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्…
काठमाडौं, ४ मंसिर । पछिल्लो समय भइरहेको प्रविधिको विकास र विस्तारको प्रभाव नेपाली बैंकिङ क्षेत्रमा परेको छ । डिजिटल प्रविधिको विकास, स्मार्टफोनको पहुँचमा वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमैत्री सेवा सुविधामा जोड दिएका छन्, जसमध्ये एक हो मोबाइल बैंकिङ । नेपाल राष्ट्र बैंककको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को चार महिनासम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ५५ लाख २४ हजार पुगेका छन्, जुन तीन वर्ष अघिको तुलनामा ६८ दशमलव ४२ प्रतिशतले बढी हो । आव २०७८/७९ मा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या १ करोड ५१ लाख ५३ हजार मात्रै थिए, अर्थात् तीन वर्ष अवधिमै १ करोड ३…
काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, ४ मंसिर । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
काठमडाौं, ३ मंसिर । पछिल्लो समय विदेशी लगानीकर्ताको आकर्षण नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनामा करिब २० अर्ब लगानी प्रतिबद्धता आएकोमा त्यसको आधाभन्दा बढी पर्यटन क्षेत्रमा छ । उद्योग विभागको तथ्याङ्क अनुसार नेपालमा कार्तिकसम्ममा स्वचालित प्रणाली (अटोमेटिक रुट), स्वीकृति र शेयर खरिदलगायतमा १९ अर्ब ८० करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जसमध्ये पर्यटन क्षेत्रमा मात्रै ६६ प्रतिशत रहेको छ । अटोमेटिक रुट बाहेक चार महिनामा पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताले ११३ परियोजनाका लागि ११ अर्ब १८ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । यो गत आवको कार्तिकसम्मको तुलनामा पनि १०…
काठमाडौं, ३ मंसिर । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ । कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् । दरखास्त दिँदा कम्तिमा ३ हजारदेखि बढीमा ५ हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना पनि माग गरिएको छ ।…
काठमाडौं, ३ मंसिर । पछिल्लो एक वर्ष अवधिमा नेपालबाट बाहिरिने रोयल्टी झण्डै आधाले घटेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिकसम्ममा नेपालबाट ३८ करोड २२ लाख रुपैयाँ रोयल्टी बाहिरिएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ७४ करोड ८६ लाख रुपैयाँ रोयल्टी बाहिरिएको थियो । विदेशी प्रविधि प्रयोग गरेबापत नेपालबाट रोयल्टी बाहिरिने गर्छ । विदेशी लगानीकर्ताले चार महिनामा अमेरिकी डलरमा ८ लाख १५ हजार ५ सय २१ डलर रोयल्टी फिर्ता लगेका छन् । गत वर्ष सोही अवधिमा यस्तो रकम ५ लाख ९१ हजार ४ सय ६८…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886