Author: Bizness Khabar
काठमाडौं, ६ असोज । आशा लघुवित्तले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीका लागि १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
अस्मिता सापकोटा काठमाडौं, ६ असोज । हामीमध्ये धेरैको जीवनमा यति धेरै हतार छ कि आफूलाई मन पर्ने क्रियाकलाप गर्न समेत फुर्सत मिलिरहेको हँुदैन । कार्यालयको जागिरेले बिहान ९ बजेदेखि बेलुकी ५ बज्दा पनि छुट्टी पाउँदैन । अझ भनौँ कतिपयले त छुट्टीको दिन पनि छुट्टि छ भनेर आरामले बस्न पाउँदैनौैं । कार्यालयबाट बचेखुचेको अलिकति समय पनि सरसफाइ, खानपान र परिवारमै खर्च हुन्छ । हामीमध्ये धेरैको ताजा अवस्था यही हो । कार्यालयकै काम व्यस्ततामा भुलेर हामीले आफ्नो रुचि, इच्छा, चाहनालाई मारिरहेका हुन्छांै । व्यस्तताकै बीच हामी आफूले आफैलाई भुलिरहेका छौं । कार्यालय बाहेक पनि सामाजिक सञ्जाललाई दिनुपर्ने समयले हामीलाई अन्य कार्यको लागि…
काठमाडौं, ६ असोज । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध जनआन्दोलन दिवस अर्थात चैत २४ गते राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ । ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय परिषद् बैठकले संघीयताविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर केसीले राजधानी केन्द्रीत आन्दोलनलाई सप्ताहव्यापीरुपमा सञ्चालन गर्ने निणर्य गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार मंसिर महिनाभरि देशव्यापी रुपमा प्रदेशदेखि स्थानीय तहसम्मका बैठकहरू गरिने छन् । पुस महिनाभरि देशव्यापी रुपमा जिल्लाजिल्लामा राजनीतिक प्रशिक्षणहरू सञ्चालन गरिने जनमोर्चाले जनाएको छ । माघ १ गतेदेखि फागुनको १० गतेसम्म सदस्यता राष्ट्रिय अभियान सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘गणतन्त्र तथा राष्ट्रियता…
काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (शुक्रबार) उनी न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् । अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । यस लगायत ओली अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । भ्रमण टोलीमा ओलीकी पत्नी…
अस्मिता सापकोटा काठमाडौं, ४ असोज । कुनै पनि देशको अर्थतन्त्र त्यहाँको उद्योग व्यवसायमा निर्भर हुन्छ । यसैगरी विश्व अर्थतन्त्र चलायमान राख्न पनि ठूला उद्योगहरुको मुख्य भूमिका हुन्छ । आज हामी आइबिआइएसवल्र्डले सार्वजनिक गरेको सन् २०२४ मा आम्दानीका आधारमा १० ठूला उद्योगबारे चर्चा गर्छौं । १. जीवन तथा स्वास्थ्य बीमा कम्पनी जीवन तथा स्वास्थ्य बीमा कम्पनी २०२४ मा विश्वकै ठूलो उद्योग बनेको छ । पछिल्लो पाँच वर्षयता बीमाको विश्वव्यापी माग बढेकाले यस उद्योगमा उल्लेख्य वृद्धि भएको हो । यसले स्वास्थ्य समस्याको उपचारमा सहुलियत प्रदान गरेर उपभोक्तामाझ रोगको जोखिम घटाउन मद्दत गर्छ । विश्वव्यापी रोग संक्रमण दर वृद्धिका कारण यसको महत्व बढ्दै…
अस्मिता सापकोटा काठमाडौं, ४ असोज । बालबालिका स्वाभावैले चञ्चल हुन्छन् । बाल्यावस्था उनीहरुको खेल्ने, कुद्ने, दौडिने उमेर हो । तर अहिलेका बालबालिका बाहिर खेल्न, कुद्नभन्दा पनि घरमै कार्टुन वा भिडियो गेममा रमाउन थालेका देखिन्छन् । पहिले पहिले सबैको घरमा टिभी हुँदैनथ्यो । बुबा पुस्ता विद्यालयपछि घरायसी कामका साथै बाहिरी खेलकुदमा रमाए । हाम्रो पुस्तामा टिभी सबैजसोको पहुँचमा भयो । यद्यपि त्यसमा आउने कार्यक्रम सीमित थिए । त्यो पनि बालबालिकाकै लागि भनेर बनाइएका त विरलै हुन्थे । त्यसैले थोरैमात्र समय टिभीमा खर्च भयो भने बाँकी समय घरायसी काम र खेल्न, कुद्नमै बित्यो । अब कुरा गरौं, ९० पछिका इन्टरनेट युगका पुस्ताको…
काठमाडौं, ३ असोज । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ । विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य…
काठमाडौं, २ असोज । अपाङ्गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका हुन् । सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन र मास्टर हिमालयले उनीहरूको नेपाल यात्रा संयोजन गरेको छ । उनिहरु पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्र भ्रमणमा जाने उद्देश्यले आएका हुन् । बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे, त्यसपछि थोरङला पास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकप्टर मार्फत…
काठमाडौं, २ असोज । यस महिनाको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन (बुधबार) नेप्से परिसूचक ४ अङ्कले घटेर २ हजार ५७६ दशमलव ७६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ५७ अङ्कले घटेर २५ सय ८० को विन्दुमा कायम भएको थियो । आज नेप्सेको गिरावटसँगै कारोबार समेत खुम्चिएको छ । यस दिन १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ८० हजार ७७८ कारोबार ५ अर्ब ६६ कोड ९१ लाखमै खुम्चिएको छ । अघिल्लो दिन ७ अर्ब ६६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको थियो…
काठमाडौं, २ असोज । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य नहुने बताएका छन् । संविधान दिवसको सन्दर्भमा आयोजित ‘संविधान कार्यान्वयनको वर्तमान अवस्था’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने बताएका हुन् । उनले भने, ‘संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वाभाविक प्रक्रिया हो । तर ती प्रक्रियाहरू प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छ’, अध्यक्ष दाहालले भने, ‘पछि फर्कने वा पश्चगामी सोचका साथ आउने तर्कहरू अग्रगामी…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886