Author: Bizness Khabar

काठमाडौं, ३० कार्तिक । वर्ल्डलिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको छ । वर्ल्डलिंकले शुक्रबार प्राधिरकणलाई बुझाउनुपर्ने बक्यौता वापत १ अर्ब ३८ करोड ९० लाख रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको पैसा बुझाएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । वर्ल्डलिंकले योे शुल्क बुझाएसँगै अब प्राधिकरणबाट आवश्यक निर्णय गरेर कम्पनीको इजाजतपत्र नवीकरणसहितको काम हुने प्राधिकरणले जनाएको छ । उक्त शुल्क नतिरेपछि गत वैशाखदेखि वर्ल्डलिंक लाइसेन्सविहीन भएको थियो । साथै पछिल्लो करिव डेढ बर्षदेखि रोकिएको विदेशी मुद्रा सटहीको सुविधा…

Read More

काठमाडौं, ३० कार्तिक । पहिलो पटक विश्वकपमा छनोट भएर इताहास रच्न सफल नेपाली यू–१९ महिला क्रिकेट टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो । त्यसैगरी मधेश प्रदेश सरकारले पनि विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)…

Read More

काठमाडौं, ३० कार्तिक । नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात सुरु भएको छ । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात हुन थालेको हो । यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…

Read More

काठ्माडौं, ३० कार्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकारले राजनीति गरेको आरोप लगाएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापनमा आफूहरुले सम्बन्धित कम्पनी र छिमेकी नगरपालिकाको असहयोगका साथै संघीय सरकारको हस्तक्षेप पनि भोग्नु परिरहेको बताएका छन् । उनले भनेका छन्, काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो । यस्तै उनले आफूहरुले कानुन बनाएर फोहोर व्यवस्थापनको विषयमा केही वडाबाट पाइलट प्रोजेक्ट…

Read More

काठमडौं, ३० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीइ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतले स्वागत गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल यही कात्तिक २५ गते अजरबैजान गएका थिए । राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो…

Read More

काठमाडौं, ३० कार्तिक । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेकको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई एवम् विविध सेवातर्फका अधिकृत पदहरुका लागि दरखास्त आह्वान गरेको हो । भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको छ । दरखास्त दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर मंसिर ३० देखि पुस ६ गतेसम्म पनि दरखास्त दिन सकिने छ । दरखास्त बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँको बैंक भौचर बुझाउनुपर्ने सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले…

Read More

अस्मिता सापकोटा काठमाडौं, २९ कार्तिक । कलेजो शरीरको सबैभन्दा ठूलो भित्री अङ्ग हो । यसले रगत जमाउने प्रक्रिया नियन्त्रण गर्ने, रगतबाट विषालु पदार्थ हटाउने, पित्त उत्पादनमा सहयोग गर्ने लगायत कार्य गर्छ । कहिलेकाहीँ शरीरमा लाग्ने विभिन्न रोग तथा अस्वस्थ जीवनशैलीका कारण कलेजोमा क्षति पुग्न सक्छ, जसले यसको कार्य क्षमतामा कमी ल्याउँछ । कलेजो रोग एक गम्भीर स्वास्थ्य समस्या हो । यस रोगले संसारभर लाखौं मानिसको स्वास्थ्यमा असर पुर्‍याइरहेको छ । नेसनल इन्टिट्युट अफ हेल्थको पछिल्लो तथ्याङ्क अनुसार सिरोसिस (एक प्रकारको कलेजो रोग)का कारण विश्वमै वार्षिक १३ लाख २० हजार मानिसहरूको मृत्यु हुने अनुमान गरिएको छ भने ११ करोड २० लाख…

Read More

काठमाडौं, २९ कार्तिक । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ९५ अङ्कले बढेको छ । बिहीबार परिसूचक १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७ सय ४८ दशमलव ७८को विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर १ लाख १ हजार ५४५ पछक किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । आज ३२१ धितोपत्र कारोबारमा आए, जसमध्ये १५९ धितोपत्रको मूल्य बढेको…

Read More

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम आगामी मंसिरभित्र सुरु नभए ठेक्का तोड्नुको विकल्प नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै काम गर्ने जिम्मा लिएर २८…

Read More

काठमाडौं, २९ कार्तिक । नागढुंगादेखि सिस्नेखोला सडक खण्ड आजदेखि मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने जनाएको छ । नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गरिने आयोजनाले जारी गरेको सूचनामा उललेख छ । सो समयावधिमा सवारीसाधन दुईतर्फी रूपमै २० मिनेट बन्द र २० मिनेट खुला रहने छ । २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द रहेको बेलामा लेन अनुशासन कायम गर्न र…

Read More