Author: Bizness Khabar
काठमाडौं, २९ कार्तिक । यो साता नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम निरन्तर छ । यस साताको कारोबारको सुरुवात दिनदेखि नै घटिरहेको सुनको मूल्य आज बिहीबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत साता तिहार बिदापछि खुलेको बजारमा सुनको मूल्य घटबढ भइरहेको थियो । यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको थियो ,…
काठमाडौं, २९ कार्तिक । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो । यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई फेरि अन्तर्वाताका लागि बोलाइएको हो । उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि मंसिर ९ गते बिहान ८ बजेका लागि बोलाइएको छ । सर्टलिस्टमा परेका पाँच जनामध्ये ३ जनाको अन्तर्वार्ता…
काठमाडौँ, २९ कार्तिक । इन्फोडेभलपर्स प्राइभेट लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रा. लि.का निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले हस्ताक्षर गरेका छन् । काठमाडौँस्थित बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको हो । सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेल, म्यानेजर दिलीप दवाडी तथा सांग्रिला डेभलपमेन्ट…
अस्मिता सापकोटा काठमाडौं, २९ कार्तिक । भूगोल विषयमा डिग्री हासिल गर्नु भनेको जमिन तथा खोलानालाहरूको भौतिक विशेषताबारे बुझ्नु मात्रै होइन । भूगोलको डिग्रीले प्राकृतिक र सामाजिक विज्ञान दुईओटै क्षेत्रलाई समेट्छ । प्राकृतिक विज्ञानले पृथ्वी र यसका अवयवहरूको अध्ययन गर्छ भने सामाजिक विज्ञान मानिसहरूको सामाजिक विकासमा केन्द्रित हुन्छ । यी दुवै पक्षहरूको गहिरो विश्लेषणले सहरी योजना, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, दिगो विकास, वातावरण संरक्षण जस्ता महत्वपूर्ण क्षेत्रमा योगदान दिन सक्षम बनाउँछ । १.सहरी योजनाकार कुनै पनि क्षेत्र वा ठाउँमा कति वा कसरी बस्ती विकास गर्ने जस्ता योजना बनाउन वा सहरी विकासको मोडल डिजाइन गर्न रूचि भएमा सहरी योजनाकार रोजगारीको सही…
काठमाडौं, २८ कार्तिक । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्था लि. बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बुधबार भएको सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासको नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले लघु व्यवसायका…
काठमाडौं, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १९ जना सांसदमाथि सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको दाबीसहित लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको हो । १९ सांसदमाथि नै सर्वोच्चमा अवहेलना दर्ता भएको जानकारी नेताहरूले पाएपछि आज दिउँसो दुई बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै आएको थियो । आज विरोधका दोस्रो चरणको नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी थियो । सर्वोच्च अदालतले…
पहिले काटेको टिओडी बिल नै सही रहेको कुलमानको दाबी काठमाडौं, २८ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठीक भएको दाबी दोहोर्याएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टिओडी मिटरको आधारमा उद्योगीहरुबाट बक्यौता उठाउन निर्देशन दिएसँगै अब प्राधिकरणले उद्योगीलाई टिओडी मिटरको प्रमाण देखाउनु पर्ने बाध्यता आयो भनिरहँदा कार्यकारी निर्देशक घिसिङले बिल सही रहेको दाबी दोहोर्याएका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले उद्योगमा प्राधिकरणले पठाएको बिल टिओडी मिटरकै आधारमा रहेको भन्दै प्रमाण नै त्यहि भएकोले अब उद्योगीले पैसा तिर्नुको विकल्प नभएको बताए । ‘हामीले अहिलेसम्म हाम्रो बिल ठीक…
काठमाडौं, २८ कार्तिक । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि मंसिर ५ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । नेपाली सेनाका अनुसार उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्नेछन् । भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेल,…
काठमाडौं, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै राज्यको ध्यानाकर्षण गराएका हुन । शाहीले कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकता अनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा जुम्ला लगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिन…
काठमाडौं, २८ कार्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् । ‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला घिसिङले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलनको घोषणा गरेका छन् । घिसिङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन, लाल आयोगको प्रतिवेदन कार्यान्वयन र टीओडी लगायतका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै १५ दिनभित्र डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको थियो । साथै काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886