Author: Bizness Khabar

काठमाडौं, १३ चैत । mainकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा भएको मन्त्रिपरिषद् बैठकका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए । धनकुटाका पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले स्थापना गरेको सम्पर्क कार्यालय नियमित रूपमा सञ्चालन हुने बताए । आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव संकलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तर्क्रिरया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी छन् ।

Read More

काठमाडौं, १३ चैत । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त दलले आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हो । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार २०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताए । उनका अनुसार समर्थन फिर्ता लिएको जानकारीको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को…

Read More

काठमाडौं, १३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आज चीन भ्रमणमा गएका छन् । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार बोआओ फोरममा सहभागी हुन पौडेल चीन प्रस्थान गरेका हुन् । बोआओ फोरम मार्च २६ (आज) देखि २९ मार्चसम्म आयोजना हुँदैछ । सो आयोजनामा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।

Read More

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार आगामी चेत १८ गते चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने निर्णय गरेको हो । कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गरिसकेको छैन । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।

Read More

काठमाडौं, १३ चैत । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिइसकेका छन्, जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको अनुमतिका लागि प्रक्रियामा रहेको र मंगलबारदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । विभागका अनुसार…

Read More

काठमाडौं, १३ चैत । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले कम्पनीको ६४ हजार ५०९ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो । कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरेको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु लगायत सर्वसाधारणहरुले समेत खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । यस्तै सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार देखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन…

Read More

काठमाडौं, १३ चैत । भारतले प्याज निर्यातमा थप प्रतिबन्ध लगाएको छ । गत शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेसम्मका लागि प्याज निर्यातमा लगाइएको प्रतिबन्ध कायमै रहने उल्लेख गरेको हो । भारतले गत डिसेम्बरमा यही मार्च ३१ सम्म्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसअघि गत डिसेम्बरमा भारतीय बजारमा प्याजको मूल्य बढेपछि भारत सरकारले प्याज निर्यातमा रोक लगाएको थियो । त्यसपछि प्याजको मूल्य ५० प्रतिशतले घटेको थियो । नेपाल, बंगलादेश, मलेसियालगायत मुलुक भारतीय प्याजमा निर्भर हुने गरेका छन् । प्रतिबन्धपछि उक्त मुलुकहरुमा प्याजको मुल्य बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Read More

काठमाडौं, १२ चैत । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको छ । सोमबार मन्त्रालयमा आायेजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई सरकार राष्ट्रिय फल घोषणा गर्ने तयारीमा रहेको बताएकी हुन् । यस्तै छलफलमा उनले २०८१–८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने समेत बताइन् । मन्त्री साहले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको बताइन् । साथै उनले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन्…

Read More

काठमाडौं, १२ चैत । पहिलो टी–२० अभ्यास खेलमा नेपाल नेपाल ६ विकेटले विजयी भएको छ । सोमबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएकोे पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली नेपालले आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि १२२ रनको लक्ष्य पाउको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८ रन, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका थिए । यस्तै आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक÷एक विकेट लिए ।

Read More

काठमाडौं, १२ चैत । काठमाडौं महानगरपालिकाले आगामी चैत २५ गतेदेखि गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ । महानगरका अनुसार तथ्याङ्क संकलनका लागि खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षककलाई प्रशिक्षण दिइसकेको जनाएको छ । महानगरका अनुसार तालिमबाट प्रशिक्षक बनेका अधिकारीहरूले चैत २० गते देखि गणक र सुपरिवेक्षकलाई तालिम दिनेछन् । यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रूपमा काम गर्न इच्छुकका लागि निवेदन दिन १६ मंसिरमा महानगरले सार्वजनिक सूचना जारी गरेको थियो । प्राप्त आवेदनबाट योग्यताका आधारमा माघ १४ गते उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन महानगरले माघ २१ र २४ गते लिएको अन्तर्वार्ताबाट १७ फागुनमा योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन…

Read More