Author: Bizness Khabar

काठमाडौं, ५ बैसाख । एसीसी प्रिमियर कप २०२४ अन्र्तगत साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन अल आउट भयो । नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए । यस्तै साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए भने अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Read More

काठमाडौं, ५ बैसाख । गण्डकी प्रदेशको प्रदेश सभा अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली…

Read More

काठमाडौं, ५ बैसाख । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)मा महाप्रबन्धक माग गरेको छ । बुधबार सूचना जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदका लागि योग्य नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा भनिएको छ । यस्तै भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव बेचबिखन, लागु औषध कारोबारलगायत कसुरमा सजाय पाएको व्यक्ति नियुक्तिका लागि अयोग्य मानिने सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं, ५ बैसाख । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ । खेल निर्धारित समय मध्याह्न ११: ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने थियो । तर, मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब खेल दिउँसो २ : १५ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ भने साउदी अरब ३ खेलमा २ हार र एक जितसहित २ अंकसाथ तेस्रो स्थानमा छ । आज नेपाललाई हराउन सके ४ अंकसाथ सेमिफाइनल खेल्ने साउदीको सम्भावना छ ।

Read More

काठमाडौं, ५ बैसाख । गायिका एलिना चौहानले लगनगाँठो कसेकी छन् । चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग बुधबार लगनगाँठो कसेकी हुन् । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ । विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका हुन् ।

Read More

काठमाडौं, ५ बैसाख । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ । मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण उनी कारबाहीमा परेका हुन् । जारी आईपीएलमा स्वलो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १९ लाख जरिवानामा परिसकेका छन् । कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित…

Read More

काठमाडौं, ५ बैसाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेस हुन नसक्ने दाबी गरेका छन् । मुख्यमन्त्री कार्कीले बुधबार सभामुख अम्बरबहादुर बिष्टलाई लिखित पत्र पठाएर प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्ताव संविधानविपरीत भएको दाबी गरेका हुन् । पत्रमा भनिएको छ, ‘‘संकल्प प्रस्ताव नेपालको संविधान २०७० को धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ४८ (क), (ख), (ग) र (घ) विरुद्ध भई प्रस्तावका रुपमा पेस गर्न नसकिने अवस्था रहेको वेहोरा जानकारीका लागि सदर अनुरोध छ ।’

Read More

काठमाडौं, ५ बैसाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि…

Read More

काठमाडौं, ५ चैत । काठमाडौँ महानगरपालिकाले आज अर्थात् वैशाख ५ गते देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्न लागेको जनाएको छ । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने छ । महानगरका अनुसार वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, शिविर सञ्चालन हुने मिति तोकिएको छ । यस्तै वडा नं ३, महाराजगन्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६…

Read More

काठमाडौं, ५ बैसाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि परिपत्र गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै बुधबार मन्त्रालयले कारबाहीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो । मन्त्रालयले राजनीतिक दलको सदस्यता लिएका तथा दलमा आबद्ध भएका शिक्षकहरूको अनुमानित विवरण तयार पारेर केन्द्रलाई पठाएको थियो । शिक्षा मन्त्रीको सचिवालयका अनुसार कानुनी व्यवस्थाअनुसार नै दलमा आबद्ध शिक्षकमाथि अनुसन्धान गर्न र आबद्धता पाइएमा कारबाही गर्न पत्र पठाइएको छ । शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा ‘शिक्षक वा…

Read More