Author: Bizness Khabar

काठमाडौं, २६ कार्तिक । सरकारले उद्योगमा विद्युत् लाइन तत्काल सुचारु गर्न निर्देशन दिएको छ । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार उद्योगमा विद्युत् आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजस्व सङ्कलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत् लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै, १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युतको बक्यौता रकम बिलअनुसार असुलउपर गर्न पनि निर्देशन दिएको छ । उनले भने, ‘सर्वोच्च अदालतका…

Read More

काठमाडौं, २६ कार्तिक । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् । जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना भएको थियो । भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ । भ्यानमा सवार ६ जनामध्ये…

Read More

काठमडौं, २६ कार्तिक । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं, २५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आज आइतबार चौँथोपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो । यसअघि लामिछानेलाई तेस्रोपटक कात्तिक २० गते गते अदालत पेस गरिएको थियो । सोही दिन अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज…

Read More

काठमाडौं, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाको लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेडले कोप २९ सम्मेलनमा भाग लिन जानुअघि चीनका लागि प्रा.डा कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मी राजदूत नियुक्त गरेका हुन् । उनी आजै कोप २९ मा सहभागी हुन अजरबैजान जाँदैछन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

Read More

काठमाडौं, २५ कार्तिक । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त हुन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको जानकारी दिएको छ । निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए। संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।

Read More

अस्मिता सापकोटा काठमाडौं, २५ कार्तिक । अहिलेको प्रतिस्पर्धात्मक डिजिटल युगमा व्यक्तिगत तथा व्यावसायिक सम्पर्क सञ्जाल विस्तार गर्नु अत्यन्त आवश्यक छ । यसले नयाँ अवसर र सम्भावनाको ढोका खोल्छ । राम्रो नेटवर्कले रोजगारीका अवसर तथा व्यावसायिक सहयोग पाउन सजिलो बनाइदिन्छ । साथै यसमा ज्ञान, शीप र जानकारीको प्रवाह हुने भएकाले नयाँ प्रविधि र ट्रेन्डसँग अपडेट रहन पनि सजिलो हुन्छ । यसरी नै व्यक्तिगत ब्रान्ड निर्माण गर्न र पहिचान बलियो बनाउन पनि सहयोग पु¥याउँछ । साथै अनुभवी व्यक्तिसँगको सम्पर्कले सिक्ने अवसर मात्र दिँदैन, आवश्यक पर्दा मार्गदर्शन पनि गर्छ । १. समान उद्देश्य भएका व्यक्तिहरूसँग सम्पर्क राख्ने समान उद्देश्य भएका व्यक्तिहरूसँग सम्पर्क राख्दा…

Read More

काठमाडौं, २५ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले १२ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको संयोजक हृदयराम थानी छन् । उपसमितिको सदस्यहरुमा सांसदहरू अशोक कुमार राई, चन्दा कार्की भण्डारी, दिलेन्द्र प्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सरिता प्रसाई, सवेन्द्र नाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् । राज्य व्यवस्था तथा सुशासन समितिका अनुसार उपसमितिले यो विधेयकमा सहमति जुटाएर मूल समितिमा पेश गर्नेछ । यो विधेयक ३१ भदौ २०८० देखि राज्य…

Read More

काठमाडौं, २५ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् । उनलाई निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । उनलाई काठमाडौं ल्याउने तयारी छ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले बुधबार पदबाट राजीनामा दिएका थिए । आलोचनाकाबीच शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित…

Read More

काठमाडौं, २५ कार्तिक । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो । नगरप्रमुख हाछेथुले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी भत्काइएको जानकारी दिए । उनका अनुसार मापदण्ड विपरीतको सो संरचना हटाउन यसअघि अदालतले आदेश दिएको थियो ।

Read More