Author: Bizness Khabar

काठमाडौं, २५ कार्तिक । यस साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूलय प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँ थियो ।

Read More

काठमाडौं, २५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक अदालत उपस्थित गराइएको छ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज म्याद थपका लागि अदालत उपस्थित गराएको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो । लामिछानेलाई यसअघि तीनपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट…

Read More

काठमाडौं, २५ कार्तिक । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् । समितिले कार्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधिअनुसार शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा आवेदन बुझाउन भनेको छ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा. प्रेमनारायण अर्यालको चार वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ । उपकुलपति छनोट तथा…

Read More

काठमाडौं, २५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइन लागेको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो । लामिछानेलाई यसअघि तीनपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका…

Read More

काठमाडौं, २३ कार्तिक । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित उक्त सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई यसअघि पत्र पठाएको थियो ।…

Read More

काठमाडौं, २३ कार्तिक । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका निरौला र पिाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको हो। गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो । सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र…

Read More

अस्मिता सापकोटा काठमाडौं, २३ कार्तिक । जाडो महिना शुरू भइसकेको छ । जाडो बढेसँगै धेरै बालबालिकामा रुघाखोकी, फ्लु लगायत अन्य मौसमी रोगको संक्रमण पनि बढ्छ । यसबेला उनीहरूमा रोगको संक्रमण छिट्टै फैलने भएकाले प्रतिरक्षा प्रणाली बलियो बनाउनु आवश्यक हुन्छ । सानै उमेरमा बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकास भएको हुँदैन । यसले गर्दा उनीहरू रोगजनक जीवाणुहरूप्रति बढी संवेदनशील हुन्छन् । यही कारण उनीहरुमा प्रायः रुघा, खोकी तथा ज्वरोको संक्रमण देखिन्छ । बालबालिकालाई बिरामी हुनबाट जोगाउने मुख्य उपाय उनीहरूको आहारमा प्रतिरक्षा बढाउने खानेकुरा समावेश गर्नु हो । यसको लागि प्रशस्त भिटामिन, प्रोटिन तथा खनिजको मात्रा भएका मौसमी ड्राइ फ्रुट्स, फलफूल तथा…

Read More

काठमाडौं, २३ कार्तिक । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को गत असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावत गरेको थियो । उक्त प्रस्ताव साधारणसभाबाटपारित भई सीईडीबी होल्डिङस् लिमिटेड राखिएको छ । कम्पनी रजष्ट्रिारको कार्यालयले कात्तिक २० गते यसको नाम परिवर्तन गर्ने कार्यलाईस्वीकृति दिएको थियो । उक्त कम्पनी सेयर बजारमा सूचीकृत छ । कम्पनीको नाममा हाइड्रोपावर जोडिँदा धेरै लगानीकर्ताले यसलाई हाइड्रोपावर सेक्टरको रुपमा बुझ्ने गरेका थिए । तर यो कम्पनी लगानी सेक्टरको हो । सो कारण कम्पनीले पुरानो नामबाट हाइड्रोपावर हटाएर होल्डिङ्स राखेको हो । यस कम्पनीले…

Read More

काठमाडौं, २३ कार्तिक । नेकपा एकीकृत समाजवादीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि आगामी मंसिर १६…

Read More

काठमाडौं, २३ कार्तिक । बिहीबार एकै दिन तोलामा ४ हजार रुपैयाँले घटेको सुन आज (शुक्रवार) फेरी प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुरनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More