Author: Bizness Khabar
काठमाडौं, २३ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर १४ पैसा महँगिएको छ । यो वृद्धिसँगै शुक्रबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा र खरिददर मूल्य १३४ रुपैयाँ ७० पैसा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेको थियो । राष्ट्र बैंकका अनुसार शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९…
अस्मिता सापकोटा काठमाडौं, २२ कार्तिक । आजको श्रम बजारमा रोजगारी सुरक्षा एक जटिल विषय बनेको छ । परम्परागत रूपमा मानिसहरू एउटै संस्थामा लामो समयसम्म काम गर्थे, जसले स्थायित्व र बफादारीलाई प्राथमिकता दिन्थ्यो । तर आजको श्रम बजार यस अनुसार चल्दैन । पछिल्ला केही वर्षहरूमा आर्थिक मन्दी, प्राविधिक परिवर्तन जस्ता कारणले धेरैजसो नेतृत्व तहका व्यक्तिहरूले आफ्नो रोजगारी गुमाएका छन् । पछिल्लो समय रोजगारीमा सुरक्षा सुनिश्चित गर्न लामो समयको प्रतिबद्धता भन्दा पनि औद्योगिक आवश्यकता अनुसार सीप विकास आवश्यक छ भन्ने स्थापित हुँदै गइरहेको छ । गिग (फ्रील्यान्स प्रधान श्रम बजार) अर्थतन्त्रले परियोजना आधारित कामलाई प्रोत्साहन गर्छ । यसमा रोजगारप्रति बफादार हुनुले मात्र…
काठमाडौं, २२ कार्तिक । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको छ । साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति बनाइरहेको छ । साउदीको मानव संशाधन मन्त्रालयले तय गरेको नयाँ नीतिअनुसार, घरेलु श्रमिकहरूले साउदीमा आएको पहिलो दुई वर्षभित्र सम्झौता भंग गरेमा ६० दिनभित्र देश छोड्नुपर्नेछ । यदि उनीहरूले दुई वर्षपछि स्वेच्छाले काम छाडे भने, उनीहरूलाई ६०…
काठमाडौं, २२ कार्तिक । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै २५ हजार टन डीएपी मल ल्याउने ठेक्को आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले पाएको जनाएको हो । आदित्य बिरला ग्लोबल ट्रेडिङले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का पाएको हो । कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको कम्पनीले जनाएको छ…
काठमडाौं, २२ कार्तिक । नेपालले आईसीसी यू–१९ टी–२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ । युएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको हो । दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोद्दै १३ ओभरमा अलआउट भएको थियो । कुवेतलाई अलआउट गर्न नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २÷२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । रचनाले २…
काठमाडौं, २२ कार्तिक । काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको जानकारी दिएको हो । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले कात्तिक २१ गते जारी गरेको पछिल्लो सूचनामा कात्तिक २३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने उल्लेख छ । यो अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारी…
काठमाडौं, २२ कार्तिक । नेपाल पुनर्बीमा कम्पनी ११ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको ११औं वार्षिकोत्सव समारोह कार्यक्रम होटल क्राउन इम्पेरियलमा बिहीबार भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दिप प्रज्वल्लन गरी कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष सिलवालले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिदै नेपाल पुनर्बिमा कम्पनी को छिटो Rating गरि कम्पनीको कार्यक्षेत्र बिस्तार गर्न निर्देशन दिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले पुनर्बीमा व्यवसाय मार्फत नेपालको आर्थिक स्थायित्व र दिगो विकासमा योगदान पुर्याउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाए । कम्पनीका…
काठमाडौं, २२ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले पाँच अर्ब पाँच करोड रकम निर्माण व्यवसायीलार्य भुक्तानी गरेको बताएका छन् । सचिव शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालयअन्तर्गत ८ अर्ब ७१ करोडमा पाँच अर्ब पाँच करोड भुक्तानी गरेको बताएका हुन् । न्यूज एजेन्सी नेपालसँग कुुरा गर्दै उनले अर्थमन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकामान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको बताए । उनले आठ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३…
काठमाडौं, २२ कार्तिक । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गरे । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबिच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
काठमाडौं, २२ कार्तिक । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं जिल्ला अन्तर्गत हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको सार्वजनिक गरेको हो । जसअनुसार एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । यसअघि एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् । उनले संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका गरेका छन् । घोषणासभामा मेयरका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार काम गर्ने बताए । त्यस्तै जिल्ला कमिटीको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886