Author: Bizness Khabar

काठमाडौं, १८ साउन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुने छ ।…

Read More

काठमाडौं, १६ साउन । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो । तसर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद…

Read More

काठमाडौं, १६ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितेला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज आज २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १५ साउन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूच ३१ दशमलव ५० अङ्कले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ९२२ दशमलव ६३ को बिन्दुमा बन्द भएको छ । बुधबार ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९५४ दशमलव १४ को बिन्दुमा कायम थियो । आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर १…

Read More

काठमाडौं, १५ साउन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णय सार्वजनिक गरेका हुन् । बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको छ । रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरेको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै…

Read More

काठमाडौं, १५ साउन । नेपालले अगामी वर्ष इङ्ग्ल्याण्डमा आयोजना हुने टि ट्वान्टी महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार विश्वकपको ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुने बताएको हो । यो छनोट प्रतियोगितामा १० राष्ट्रहरूले प्रतिस्पर्धा गर्नेछन्, जसबाट ४ टोलीहरूले मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् । बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण स्वतः छनोटमा परेका छन् । थाइल्याण्ड र नेपालले एशियाली क्षेत्रीय छनोटमार्फत प्रतियोगितामा स्थान बनाएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ । बाँकी पाँच स्थानहरू…

Read More

काठमाडौं, १५ साउन । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई शत प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको ५७०औं बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले बीमा क्षेत्रको नियामक निकाय, नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार चुक्तापूँजी वृद्धि गर्ने तयारी गरेको हो । प्राधिकरणले २०८१ पुस २५ गते दिएको निर्देशनअनुसार २०८२ सालको माघ मसान्तभित्र पूँजी वृद्धि गरिसक्नुपर्ने सर्त कम्पनीलाई दिइएको छ । प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई व्यवसाय विस्तार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यले पूँजी वृद्धिको सीमा तोकेको छ ।

Read More

काठमाडौं, १५ साउन । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो, तसर्थ असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी सिंगल…

Read More

काठमाडौं, १५ साउन । आजदेखि दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै २…

Read More

काठमाडौं, १५ साउन । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More