Author: Bizness Khabar
काठमाडौं, २२ कार्तिक । आज नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार बजारमा सुनको मूल्य तोलामै ४ हजार रुपैयाले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रति तोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार १५…
काठमाडौं, २१ कार्तिक । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८८ अङ्कले घटेको छ । आज परिसूचक १.८८ अङ्कले घटेर २ हजार ६७५ दशमलव ५१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ०.२१ अङ्कले घटेर २ हजार ६७७ को विन्दुमा कायम भएको थियो । आज परिसूचक घटेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । मंगलबार ४ अर्ब २० करोड रुपैयाँ कारोबार भएकोमा आज ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड १६ लाख ८६९ कित्ता शेयर ५५ हहजार २३८ पटक किनबेच भएको छ । आज ३२० धितोपत्र कारोबारमा…
अस्मिता सापकोटा काठमाडौं, २१ कार्तिक । तपाईं जागिर गुम्छ कि वा आफ्नो करियरमा कहिल्यै अगाडि बढ्दिनँ कि भन्ने सोचिरहनु हुन्छ ? यस्तो हो भने तपाईं आफ्नो करियरलाई लिएर धेरै दबाब र चिन्ताको अनुभव गरिरहनुभएको हुनसक्छ । करियरबारे धेरै चिन्ता लिँदा करियर एन्जाइटी हुन सक्छ । लगातार तनाव हुनु, कम काम गरेको समयमा पनि धेरै थकान महसुस गर्नु यसको लक्षण हो । कलेज सकिएर भर्खरै काम शुरू गरेकादेखि धेरै वर्षको अनुभव बटुलिसकेकालाई समेत यस्तो हुन सक्छ । यस्तो हुनु सामान्य नै मानिन्छ । तर यसो भन्दैमा यसलाई बेवास्ता गर्नु हुँदैन । आफूलाई करियर एन्जाइटी छ भनेर थाहा पाइसकेपछि समाधानको उपाय अपनाउनु…
काठमाडौं, २१ कार्तिक । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा पहिलोपटक आधिकारिक रूपमा दर्ता भएको छ । तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो । यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ । सरकारले राखेका सबै शर्त र…
काठमाडौं, २१ कार्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए । भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताए । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए । उनी टोकियो महानगरले आयोजनामा गरेको कार्यक्रममा भाग लिन गएको बताइएको छ…
काठमाडौं, २१ कार्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । बैंकले शेयरको संख्या भने खुलाएको छैन । बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।
काठमाडौं, २१ कार्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी)ले बुधबार एक सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ । उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ । आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय…
काठमाडौं, २१ कार्तिक । छठको अवसरमा काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ । विगतमा तराई मधेशका जिल्लामा मात्र मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकासहित देशभर मनाउने गरिएको छ । यसैक्रममा यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाह (बालेन) ले जानकारी दिएका छन् । उनका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ…
काठमाडौं, २१ कार्तिक । तिहार पछिको दोस्रो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । मंगलबार अर्थात् तिहार पछिको पहिलो कारोबार दिन प्रतितोला २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २ हजार ३० रुपैयाँ रहेको चाँदी यस दिन २ हजार १५ रुपैयाँमा कारोबार…
काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार साँझदेखि ज्वरो आएको र अहिले बालुवाटारमै चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् । मंगलबार रगत जाँच गर्न पठाइएको र त्यसको रिपोर्ट आएपछि समस्याबारे पत्ता लाग्ने सचिवालयले जनाएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886